नेपाली सेनाले अस्थाई टहरो बनाईदिएपछि फुलखर्कबासी खुसि

584 पटक पढिएको

सम्पादक: Dhading News

armyधादिङ–असार ३, उद्धार राहतमा सक्रिय भएको नेपाली सेना अहिले गाउँ गाउँमा स्थानीयको जिर्ण घर भत्काउन र अस्थाई टहरो बनाउको सक्रिय भएको छ । भुकम्प पश्चात जनताको सुरक्षाको लागि परिवार समेत नभनि आफ्नो सेवामा खट्टिएका सेनाले सम्पुर्ण नेपालीको मन जित्न सफल भएको छ । सरकारी भवन, स्वास्थ्य चौकी लगायत स्थानीयको घर भत्काउन र बनाउन नेपाली सेना गाउँमा आएपछि धादिङ फुलखर्कका नागरिकहरु खुसि भएका छन् । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको कारण ध्वस्त बनेको घर भत्काउन र अस्थाई टहरो बनाउ नेपाली सेना साँझ विहान नभिन सक्रिय भएको छ । श्रीनाथ गणका शेर बहादुर पुलामीको नेतृत्मा रहेको नेपाली सेनाले फुलखर्क गाउँ विकास समितिको वडान १ मा रहेको दर्जनौ अस्थाई टहरा निमार्ण गरेको छ । भग्नावशेष घरहरुमा रहेको सामान निकाल्ने, चर्केको घरहरु भत्काउने र अस्थाई टहरो सेनाले बनाईदिएपछि भुकम्प पिडित नागरिहरुलाई खुसि भएका छन् । सेनाले चर्केर रहेको १ सय १६ ओटा घर भत्काईसकेको छ ।