समुदाय स्तरको रेड प्लस सचेतना कार्यक्रम सम्पन्न

900 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–असार ४,, नीलकण्ठ नगरपाली वडा नम्बर ११ तिराखोरमा समुदाय स्तरको रेड प्लस सचेतना कार्यक्रम सम्पन्न भएको छ । बन विनाश र वन क्षयीकरण रोकी कार्वन उत्सर्जनमा कटौती गरि बनको दिगो व्यवास्थनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५० जना भन्दा बढी सामुदायिक बनका उपभोक्ताहरुको सहभागिता रहेको थियो । नेपाल सरकार वन तथा भुसंरक्षण मन्त्रालय, रेड फरेष्टी« तथा जलवायु परिवर्तन ईकाईको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक बन उपभोक्ता महासंघ धादिङ र लोकतान्त्रिक गैर सरकारी सस्थाको संयुक्तको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जलवायु परिवर्तनबाट पर्ने असर र वन फडानी रोक्नको लागि उपभोक्ताले खेल्नुपर्ने भुमिकाको विषयमा छलफल भएको थियो । कार्यक्रममा लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष शिवहरी अधिकारी, सामुदायिक बनउपभोक्ता महासंघ धादिङका नवराज थापा, विकास श्रेष्ठ र शिाखा क्षेष्ठको सहभागिता रहेको थियो । सो अवसरमा चेतनामुलक लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।