एसएलसी नतिजा दिउँसो साढे १२ बजे सार्वजनिक हुने

836 पटक पढिएको

४ असार २०७२, शुक्रबार ०८:२२ सम्पादक: धादिङ न्यूज

slcधादिङ–असार ४, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ को प्रवेशिका परीक्षा ९एसएलसीको० को नतिजा आज दिउँसो साढे १२ बजे सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले टेलिफोनमा नागरिकन्युजसँग कुरा गर्दै आज साढे १२ बजे सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार अहिले बिहान एसएलसी बोर्ड बैठक बस्दै छ।

यस वर्षको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए। परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।
गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको हो।