भुकम्प पश्चात धादिङको जनजिवन सामान्य बन्दै, नागरिकहरु कृषि काममा जुट्दै

456 पटक पढिएको

सम्पादक: Dhading News

jotai   धादिङ–असार ५,,बैशाख १२ गते गएको विनासकारी महाभुकम्प पछि नागरिकहरु सामान्य जिवनशैली तीर फर्किन थालेका छन् । महाभुकम्प पछि स–साना भुकम्पका धक्काहरु महसुस गरे पनि नागरिकहरुलाई १२ गतेको जस्तो ठुलो नआउनेमा ढुक्क देखिन्छन् । विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयहरुले भुकम्प प्रभावित क्षेत्रमा मनोपरामर्शका कार्यक्रम र मनोरञ्जनात्मक क्रियाकलापका कारणले पनि भुकम्प प्रभावित नागरिकहरुले केही हदसम्म सामान्य जिवनशैली फर्किन उत्प्रेरीत गरेको हो । सबै नागरिकहरु डर त्रासबाट मुक्त भएर आ आफ्नो काममा व्यस्त देखिन्छन् । घर भत्कीएकाहरु आफ्नो टहरो निर्माणमा व्यवस्त भएका छन् भने मानो रोपेर मुरी उब्जाउनका लागी आफ्नो खेतमा कृषकहरु धानको विउँ राख्नमा व्यवस्त छन् । विनासकारी भुकम्पका कारण कृषकहरु धानको विउँ गुमाएता पनि जिल्ला कृषि विकास कार्यलय धादिङ र अन्य संघ संस्थाले राहत स्वरुप धानको विउँ वितरण गरेकोले सबै स्थानमा रोपाई हुने जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । भुकम्पको त्रासलाई भुलेर कृषकहरु अहिले आफ्नो काममा व्यस्त बनेका छन् ।