बिषालु च्याउं खांदा त्रिपुरेश्वरमा एकै परिवारका ६ विरामी

812 पटक पढिएको

सम्पादक: Dhading News

images (9)धादिङ, ५ असार -जंगलबाट खोजेर ल्याएको बिषालु च्याउ पकाएर खांदा धादिङको त्रिपुरेश्वर गाविस वडा नम्बर ४ मसारका एकै घरका ६ जना गम्भिर विरामी परेका छन । विरामी मध्ये घरमुली ६६ बर्षिया नन्दकुमारी पोखरेलको अवस्था चिन्ताजनक रहेको छ ।
शनिवार विहान जंगलवाट ल्याएको च्याउ पकाएर खांदा त्रिपुरेश्वर गाविस वडा नम्बर ४ की ६६ बर्षिया नन्दकुमारी पोखरेल,उनकी बुहारी २० बर्षिया रिता पोखरेल,नातीहरु १२ बर्षिय विजय पोखरेल र १० बर्षका कमल पोखरेल गम्भिर विरामी परेका हुन । यसैगरी माइत आएकी नन्दकुमारीको छोरी ४० बर्षिया बिष्णुमाया गौली र उनको छोरा १४ बर्षिय विनोद गौली पनि च्याउ खाएर विरामी परेको त्रिपुरेश्वर स्वास्थ्य चौकीले जनाएको छ ।
च्याउ खाएर एकै परिवारका ६ जना गम्भिर विरामी भएको खबर पाएपछि गाउंलेहरुले तत्काल सबैको उद्धार गरी उपचारका लागि त्रिपुरेश्वर स्वास्थ्य चौकीमा पु¥याएका थिए । बेहोस अवस्थामा दिउंसो १२ वजे स्वास्थ्य चौकी ल्याईपु¥याईएका सबैलाई २ घण्टा सम्म उपचार गराएर थप उपचारका लागि काठमाण्डौं पठार्ईएको त्रिपुरेश्वर स्वास्थ्य चौकीका अहेव सन्दिप सापकोटाले जानकारी दिनु भयो ।
भुकम्पको कारण घर भत्किएर अन्नपात पुरिएपछि जिल्लाको विकटका वस्तिमा खानेकुराको अभाव शुरु भएको छ । सुगमका बस्तिमा राहत बितरणका लागि विभिन्न संस्था र व्यक्तिहरुको नजर परेपनि विकटका वस्तिमा अति न्यून मात्रामा राहत पुगेकाले भुकम्प पिडितहरु खानेकुराको जोहो गर्न जंगली कन्दमुलको भर पर्न थालेका छन ।