‘पत्नी बनाएर ५० हजारमा बेचेछ’
674 पटक पढिएको
काठमाडौं-राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो। जीवनयात्रा यसरी नै घसि्रँदै थियो। वैशाख १२ गते अचानक भुइँचालो आयो। भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो। भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही भूकम्पले झन्डै जीवन नै भत्काइदिएन।
बिहेको प्रलोभनमा भारत, मेघालय पुर्याएकी उनी ५० हजारमा बेचिइसकेकी थिइन्। धन्य! आफू राखिएको होटल सञ्चालिकाको निगरानीले यौनकोठीको नरक पुग्नबाट उम्किइन् र प्रहरीले उद्धार गरी नेपाल फर्कायो।
उनलाई झैं भारत पुर्यााइएका १५ युवती नरकबाट उद्धार गरिए पनि भारतमै एक संस्थाको संरक्षणमा छन्। अझै केही युवतीको अत्तोपत्तो छैन।
महानगरीय प्रहरी परिसर, भक्तपुरमा भेटिएकी हरिमायाले आफू बेचिएको र उम्किएर फर्कन सफल भएको दर्दनाक कथा बाँडिन्।
… … …
हरिमाया दाइसँगै भक्तपुरस्थित डेरामा बस्दै आएकी थिइन्। कारखानामा काम गर्थिन्। भूकम्पले भक्तपुरको डेरा भत्किएसँगै टेन्टको बास सुरु भयो। प्रेसमै चिनजानका सुमन तामाङले उनीसँग बिहेको प्रस्ताव राखे। १८ वर्षीया हरिमाया (नाम परिर्वतन) यो प्रस्तावले दंग भइन्।
भावी जीवनका कैयन् रंगीन सपना उनको मनमा एकसाथ जन्मिए र हल्किए।
उनले धेरै सोचिनन्, सुमनसँग बिहे गर्न राजी भइन्। सुमनको भित्री अनुहार ख्यालै नगरेकी हरिमाया कसैलाई सुइँको नदिई जेठ २० गते उसैसँग भागिन्।
सुमनले हरिमायालाई कहिले कोटेश्वरमा राखे, कहिले चितवन पुर्या ए। बिहे गर्छु भनेर फकाए र बिहेपछिका सबै कर्म भ्याए। उनी ढुक्क थिइन्– बिहे नै गर्छु भनेपछि नाइँनास्ति गरिनन्।
भूकम्पले तहसनहस पारेको नेपालमा बस्न गाह्रो हुने भन्दै उनले हरिमायालाई भारत लगेर खुसीसाथ राख्ने प्रस्ताव राखे। जीवनै सुम्पेको सुमनमाथि शंका गर्नुपर्ने कुनै कारण थिएन। सुमनले जे–जे भने उनले नाइँनास्ति गरिनन्।
नयाँ जीवनका अनेक सपना बुन्दै उनी भारतको मेघालय पुगिन्।
मेघालयमा सुमनले नै दिदी भन्दै चिनाएकी एक युवतीले जब उनलाई ५० हजारमा किनेको सुनाउँदै दिल्ली जान कर गर्न थालिन्, बल्ल उनले भेउ पाइन्, विश्वास गरेर नेपालदेखि सँगै आएको व्यक्ति त चेलीबेटी बिक्री गर्ने र्या्केटको दलाल पो रहेछ।
त्यसो त मेघालयमा उनलाई राखिएको होटल सञ्चालिकालाई त्यो युवकका गतिविधिमा पहिल्यै शंका लागिसकेको थियो। नत्र हरिमाया अहिले दिल्लीको कुनै कोठीमा नारकीय जीवन बिताइरहेकी हुन्थिन्। संयोगबस नुवाकोटबाट मेघालय पुगेर होटल व्यवसायमा लागेकी संगीता श्रेष्ठको साथले उनी बेचिए पनि कोठी पुग्नबाट जोगिइन्।
घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर, भक्तपुरका एसपी विकास श्रेष्ठका अनुसार सँगै काम गर्ने सुमनले वैशाख २० गते हरिमायालाई भगाएर कोटेश्वरमा रहेका दाइको घरमा २ दिनसम्म राखेका थिए। कोटेश्वरमा २ दिन बसेपछि सुमनले उनलाई सस्तोमा कपडा किन्ने भन्दै ट्याक्सीमा राखेर चितवन पुर्यावएपछि राम्रो जीवन बिताउने भन्दै २ वर्षसम्म भारतमा बस्ने प्रस्ताव राखेका थिए।
चितवनबाट बस चढाएर लगेपछि उनले कहाँ पुगियो भन्ने भेउ नै पाइनन्। उत्रिँदा पो भारतको मेघालय पुगिसकेकी थिइन्।
सुमनको बदलिएको व्यवहारले भने उनलाई कताकता चिसो पसिसकेको थियो। बसबाट ओर्लिनै नदिने, बसमा बस्दा पनि सलले मुख छोप्न लगाउने, शौचालय जाँदासमेत पछि लाग्ने उसको व्यवहार अनौठो लागेको थियो हरिमायालाई । आफू बेचिनै लागेको त उनले कसरी सोच्नु!
‘सुमनले नेपालमा बसेर केही हुन्न, दुई वर्षजति भारतमा गएर बसौं भन्यो,’ महानगरीय प्रहरी, भक्तपुर परिसरमा रहेकी हरिमायाले भनिन्, ‘यताबाट जाँदा उसले बाटोमा देखाएको व्यवहारले शंका त लागेको थियो तर बिहे नै गर्छु भनेकाले बेच्न लैजाँदैछ भनेर सोच्नै सकिनँ।’
जेठ २४ मा मेघालय पुग्दा सुमन र हरिमायासँगै अन्य युवक पनि थिए। उनीहरु मेघालयको जुन होटलमा बसे, संयोगबस त्यो नेपालीमूलकी संगीताको थियो।
भर्खरकी किशोरी लिएर होटल पुगेका केटा देख्दा उनको मनमा शंका लाग्यो। सोधखोज गर्दा बिहे गरेर आएको भनेकाले उनले कोठामा बस्ने अनुमति दिइन्।
पीडित युवतीको प्रारम्भिक बयानअनुसार उनीहरु होटलमा बसेका बेला सुमनले एक युवतीलाई ‘दिदी’ भनेर चिनाएका थिए। ती युवती नेपालबाट जाँदा सँगै थिइनन्। दोस्रो दिन उनी आएर सोही होटलमा बसिन्।
होटलमा बसेको चौथो दिन अन्दाजी ३० वर्षजतिकी ती महिलाले झोलामा रहेको सुमन र हरिमायाको कपडा छुट्ट्याएर अर्को झोलामा राख्न थालेपछि बल्ल उनको मनमा चिसो पसेको थियो।
कपडा किन छुट्ट्याएको भनेर सोध्दा सुमन ढोकामै थिए। केही नबोली बाहिरिए उनी। हरिमायाले कपडा नछुट्ट्याउनुस् भनेर जिद्दी गरेपछि दिदी भनाउँदीले उनलाई भनिन् , ‘तिमी मसँंग दिल्ली जाने हो।’ आफू एक्लै नजाने बताएपछि ती महिलाले ‘सुमनले ५० हजार लिइसक्यो, तिमी मसँग जानुपर्छ’ भनिन्। विवाहको प्रलोभनमा सुमनले आफूलाई बेचेको बल्ल भेउ पाइन् हरिमायाले।
यता जेठ २६ गते बिहान उनीहरु बस्ने कोठामा हल्लाखल्ला भएपछि संगीता के भयो भन्दै कोठामा पुगिन्। ढोकानजिकै रहेका सुमन र अर्की महिला केही डराएझैँ देखिए। होटल सञ्चालिकाले ‘प्रहरी बोलाइदिऊँ?’ भनेपछि हरिमायालाई छाडेर दुवै जना होटलबाट बाहिरिए, अनि फर्किएनन्।
यता, नेपालमा एकाएक बहिनी हराएपछि हरिमायाका दाइ खोज्न भौंतारिइरहेका थिए। हरिमाया मेघालयको होटलमा रहेको जानकारी पाउँदा उनी झसंग भए।
नेपाल प्रहरीमै रहेका आफन्तमार्फत घटना महानगरीय प्रहरी परिसर भक्तपुरसम्म पुगेपछि मेघालयको प्रहरीसँग समन्वय गरेर प्रहरीले उनलाई सकुशल स्वदेश फर्काउन सफल भयो। उनलाई विवाहको प्रलोभनमा पारेर मेघालयसम्म पुर्याुएर दलाललाई बेच्ने सुमन भने अझै फेला परेका छैनन्।
‘होटलकी सञ्चालिकाले शंका गर्दा उनी जोगिइन्,’ एसपी श्रेष्ठले नागरिकसँग भने, ‘अहिले उनी आफ्नो परिवारसँग छिन्, सुमनको खोजी तीव्र पारिसक्यौं।’
मेघालय पुर्या्इएकी हरिमाया जोगिएर स्वदेश फर्किन सफल भइन्। भूकम्पबाट भत्किएको जीवनको पुनर्निर्माणको आसमा उद्धारकर्ताको आवरणमा आएका दलालको भर पर्दा भारतको मुम्बई र उत्तरप्रदेशको आगरास्थित कोठी पुगेका १५ नेपाली चेलीको भाग्य हरिमायाको झैँ बलियो भएन।
स्थानीय संस्थाको संरक्षणमा रहेका उनीहरु अहिले आफ्नो जीवन बौराउने प्रयासमा छन्। उनीहरुलाई किन्ने कोठी सञ्चालिकासहितका १६ जना आगराको स्थानीय प्रहरी हिरासतमा छन्। उद्धारकर्ताको भेषमा सिन्धुपाल्चोक र नुवाकोटका भूकम्प पीडितको थातथलोमै पुगेर भारत पुर्यााउने दलालहरुको अझै पहिचान हुन सकेको छैन।
‘धर्मको आवरणमा ओसारपसार’
भूकम्पपछिको असरल्ल जीवनयापन, गरिबी अनि अज्ञानताका कारण किशोरी र बालबालिकाको अवैध ओसारपसार र बिक्रीका घटना सार्वजनिक भएपछि गृह र महिला बालबालिका मन्त्रालय, प्रहरी प्रशासन तथा केन्द्रीय बालकल्याण समिति सबै निकाय तातेझैँ देखिन्छन्।
तर न किशोरी सीमा काटेर भारत पुग्ने क्रम रोकिएको छ न बालबालिकाको अवैध ओसारपसार नै। शिक्षा, अवसर र सुन्दर भविष्यको प्रलोभनमा पारेर भूकम्प प्रभावित १४ जिल्लाबाट अनुमति नलिई बालबालिका ओसारपसारको घटना भइरहेको केन्द्रीय बालकल्याण समितिका पदाधिकारी बताउँछन्।
उनीहरुका अनुसार भूकम्पपछि करिब ५ सय बालबालिका जोखिममा छन्। समितिले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार भूकम्पबाट क्षति पुगेको भौतिक संरचनाका कारण ८२ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका छन् भने ४ सय २७ बालबालिका बुबा या आमामध्ये एक छैनन्। घरबारविहीन बालबालिकाको संख्या भने समितिसँग छैन।
समितिका अध्यक्ष डिल्लीराम गिरीका अनुसार जिल्ला बालकल्याण समितिको अनुमतिविना बालबालिकालाई एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन रोक लगाए पनि यसको उल्लंघन क्रम रोकिएको छैन। पछिल्लो समय धार्मिक संस्थाका नाममा बालबालिका ओसारपसार क्रम बढेको बताउँदै संरक्षण आवरणमा ओखलढुंगा र गोरखाबाट काठमाडौं ल्याइएका २ सय बालबालिकाको अवस्था अझै खुल्न नसकेको उनले बताए।
उनका अनुसार गोरखाको ल्होबाट संरक्षण दिने भन्दै काठमाडौंको थानकोटमा २ सय बालबालिका ल्याइएको जानकारी आए पनि खोजी गर्दा १ सय ५० बालबालिकाको अवस्था खुल्न सकेको छैन।
‘एक गुम्बाले अनुमति नै नलिई गोरखाबाट करिब २ सय बालबालिका काठमाडौं ल्याएको रहेछ,’ बुधबार समितिमा आयोजित अन्तर्क्रियामा गिरीले भने, ‘६१ बालबालिका थानकोटमा भेट्टिए तर अरू कहाँ छन्, ल्याउनेले नै भन्न सक्दैनन्।’
समितिका अधिकारीका अनुसार ओखलढुंगाबाट एक व्यक्तिले २९ जना बालबालिका बिनाअनुमति काठमाडौं ल्याएर नेपाल बाल संगठनमा राखेको खुलेपछि खोजी गर्दा ती बालबालिका फेला परेका छैनन्। संगठनसँग ती बालबालिकाबारे जानकारी माग्दा जसले ल्याएको हो, उसैले लगे भन्ने जवाफ आएको समितिका अधिकारी बताउँछन्।
गुम्बा, चर्च र आश्रमका अधिकारी संरक्षण दिने आवरणमा भूकम्प प्रभावित जिल्ला गएर कानुनविपरीत आफूखुसी बालबालिका ओसार्न संलग्न रहेको सूचना आइरहेको समितिका अध्यक्ष गिरीले जानकारी दिए।
गुम्बाहरुमा २ हजारभन्दा बढी बालबालिका रहेको सूचना आएपछि त्यसको विवरण माग्दा नदिएको बताउँदै प्रचलित कानुनअनुसार काम गर्दा अटेर गर्नेविरुद्ध समितिले कारबाही गर्ने चेतावनी गिरीले दिए।
अनुमतिबिना बालबालिका ओसारपसार गर्ने समूहविरुद्ध कानुनी कारबाही अगाडि बढाउँदा सरकारी वकिलको कार्यालयबाट मुद्दा नै नचलाउने निर्णय भएकोमा उनी आक्रोशित देखिए। उनले यसविरुद्ध माथिल्लो निकायमा पुनरावेदनमा जाने सुनाए।
‘जिल्ला बालकल्याण समितिको अनुमतिबिना बालबालिका ओसार्ने पतञ्जली होस् या गुम्बा, कानुन मिच्ने कसैले पनि कारबाहीबाट उन्मुक्ति पाउन सक्दैनन्,’ गिरीले भने, ‘कानुन मिचेर बालबालिका ओसार्नेविरुद्ध कारबाही गर्न सकिनँ भने म समितिबाटै राजीनामा दिन्छु।’

– नागरिक न्यूज डट कमबाट