पार्टीका मन्त्रीहरूलाइ कांग्रेसले दियो ७ बुदेँ निर्देशन

34 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन ।

बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको १२ जना मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकले मन्त्रीहरूका लागि सातबुँदे निर्देशन दिएका हुन ।

सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेको सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङवाट सुरू भएको बैठकमा कांग्रेसका मन्त्रीहरूले आ आफ्नो मन्त्रालयमा भएका काम कारबाहीका बारेमा ब्रिफिङ गरेका थिए ।

सो बिफ्रिङ पछि सभापति देउवाले गठबन्धनको मर्म अनुसार काम गर्न निर्देशन दिएको खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।

यस्तो छ मन्त्रीहरूलाइ दिइएको ७ बुदेँ निर्देशनः

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने  ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५)  हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुने ।

६)  सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने

७)  पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *