धादिङको गल्छी बैरेनीलाई नगरपालिका वनाउने प्रस्ताव अघि बढ्यो
664 पटक पढिएको

थपिँदै नयाँ नगरपालिका, कहाँ–कहाँ कुन–कुन थपिँदैछन् ?

पूर्वाधारबिना नै नगरपालिका घोषणा गरियो भन्ने आलोचनाबीच सरकारले फेरि केही नगरपालिका थप गर्न लागेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव लक्ष्मी पाण्डे हाल निर्माण भएको प्राविधिक समितिले यसअघि विवादका कारण घोषणा हुन नसकेका र सहरी विकाश कार्यक्रम लागू भएका जिल्लाका सहरउन्मुख क्षेत्रलाई नगरपालिका घोषणा गरिने बताए ।
यसअघि विवादका कारण घोषणा हुन नसकेका ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, बर्दियाको बबई, तनहुँको भानु र भीमाद रिसिङलाई विवाद मिलाउँदै नगरपालिका घोषणा गरिनेछ ।
त्यस्तै सहरी विकास कार्यक्रम लागू भएका सप्तरीको फत्तेपुर, धादिङको गल्छी बैरेनी, दैलेखको राकम कर्णाली लगायतका सहरोन्मुख क्षेत्रलाई नगरपालिका घोषणा गर्ने जिम्मेवारी नगरक्षेत्र निर्माण प्राधिकरण समितिलाई दिइएको छ ।