भुकम्पले धादिङमा ६९ अर्बको क्षती

542 पटक पढिएको

सम्पादक: Dhading News

army
धादिङ–असार ११, बैशाख १२ गतेको विनासकारी भुकम्पका कारण धादिङ जिल्लामा करिव ६९ अरर्वको धनजनको क्षती भएको जिल्ला दैविक प्रकोप उद्दार समितीले जनाईएको छ । विपत पछीको ावाश्यकता पहिचान टोलीले पेश गरेको प्रतिवेदन अनुसार सबै भन्द बढी क्षती भौतकि संरचना घर गोठमा भत्किदा चालीस अरवको क्षती भएको छ, भने २१ अरव बरावरबको खानका लागी संचीत गरिएको खाद्यन्न, नष्ट भएर छ । यसैगरी करिव आठ अरव बरावरको पशु चौपायको मरेर क्षती पुगेको जनाईएको छ । यसरी व्यक्तिगत सम्पतीमा पुगेको क्षती पछी कयौ मानिसहरु विस्थापित समेत भएका छन् । उनिहरुले आफुले गर्द आएको थकथलो समेत छाडेर अन्यत्र बसाई जानु पर्ने बाध्यता समेत श्रृजना भएको छ ।विनासकारी भुकम्पले पु¥याएको क्षतीलाई हेर्ने हो भने धादिङ जिल्ला चौथो प्रभावीत जिल्लाको सुचिमा परेको छ । भुकम्प पछी गाँउ गाँउमा गएको अनुगमन मुल्याङ्क टोलीले दिईएको प्रारम्भीक प्रतिवेदनका अनुसार प्राप्त क्षतीको विवरणमा केही घटबड हुन सक्ने पानी जिल्ला दैविक प्रकोप उद्दार समितीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । २०६८ सालको जनगणना अनुसार करिव ७४ हजार घरधुरी रहेकोमा पाँच बर्षको अन्तरालमा कति प्रतिशत बढेको भन्ने आधारमा फेरी एक पटक पुन मुल्याङ्कन हुने समेत उहाँले जानकारी दिईएको छ ।