पन्चकन्या जुरेसमा नबिन अधिकारी निर्वाचित

652 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11539627_678472835587205_5800257882032573155_nखाल्टे – खाल्टे गा वि स वडा न ६ मा रहेको पन्चकन्या मा वि मा कक्षा १० का छात्र नबिन अधिकारीलगातार दोस्रो कार्यकालका लागी निर्वाचित भएका छन । शुक्रबार भएको निर्वाचनमा अधिकारी ले ८३ मत सहित सभापतिमा निर्वाचित भएका हुन ।

कुल १६० मतदाता रहेको उक्त निर्वाचनमा जम्मा १५२ मत खसेको थियो । जसमा अधिकारीका प्रतिद्वन्दी कक्षा ९ का सँगम श्रेष्ठले ४७ मत र सुजन लुङ्गेली मगरले १९ मत ल्याएका थिए ।

यसै गरी सोही निर्वाचन बाट सदस्यमा सागर श्रेष्ठ, नबिना अगस्ति, नानिमाया अगस्ति, सगिता श्रेष्ठ, अप्सरा श्रेष्ठ, आर्यमन श्रेष्ठ, मेन्दुका अधिकारी, सन्तोषी गैरिपिले, वसन्त श्रेष्ठ, अनिष श्रेष्ठ, आकाश श्रेष्ठ र बिबेक श्रेष्ठ निर्वाचित भएका छन । निर्वाचित सबै पदाधिकारी लाई निर्वाचन अधिकृत बिश्वास रोक्का ले प्रतिबद्दता व्यक्त गराउदै बधाई ज्ञापन गरेका थिए ।

 नवनिर्वाचित सभापती अधिकारीले आफुलाई दोस्रो कार्यकालका लागी समेत बिश्वास गरी निर्वाचित गरेकोमा सम्पूर्ण मतदातालाई आभार प्रकट गरेका थिए । उनले सम्पूर्ण साथी हरुलाई मिलाएर लैजाने बताउदै गत शैक्षिक सत्रमा पुरा गर्न नसकिएको अधुरो काम यो बर्ष पुरा गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे । कार्यक्रमा बिद्यालयका निमित्त प्रधानाध्यापक नारायण खत्रीले निर्वाचित समितिले सस्तो लोकप्रियताका लागी भन्दा पनि समग्र बिद्यालय र बिद्यार्थीको हितका लागी दिर्घकालिन र स्मरणिय काम गर्न सुझाब दिए ।