प्रवेशिका परिक्षामा उत्तिर्ण विद्यार्थीलाई किबो बोर्डिङले विदाई ग¥यो

772 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–असार १२, न्यु किवो बोर्डिङ स्कुल धादिङमा शुक्रकार एक कार्यक्रमको आयोजना गरि प्रवेशिका परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको छ । वि.स. २०७१ सालको प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएको किबो बोडिङ स्कुलले ३१ जना मध्ये ३० जना विद्यार्थीलाई बिशिष्ट श्रेणीमा अंकमा पास गराउन सफल भएको छ । विद्यालयका प्रधानाध्यपाक प्रयास रेग्मीको अध्यक्षता र सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका सभापति नवराज छत्कुली र एनप्याब्सन धादिङका अध्यक्ष कृष्ण प्रसाद दाहालको विषेश आतिथ्यता रहेको थियो । सो अवसरमा गत शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।