बर्षेझरी सुरु भएसँगै उत्तरी धादिङका पाँच गाविस पहिरोको उच्च जोखिममा
661 पटक पढिएको
धादिङ–असार १२, पहिरोको उच्च जोखीममा रहेको उत्तरी धादिङको रि र लापा गाउँ विकास समितिमा पहिरो खस्नथालेपछि नागरिकहरु त्रसित बनेका छन् । बर्षेझरी सुरु भएसँगै अब के हुने हो भन्ने चिन्ताले सताउन थालेको छ । बैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछीको पराकम्पनले उत्तरी धादिङका केही स्थानहरुमा पहिरो खस्ने क्रम रोकिएको छैन । रि गाविसको वडा नम्बर ६ धुषेनीमा आलोफोरा पराङब्राा स्थानमा पहिरो झरिरहेकोे कारण धुँषेनी गाउँ उच्च जोखीममा रहेको छ । यसैगरी लापा गाविस वडा नम्बर ७ तीर गाउँमा ठुलो पहिरो खसेको छ । भुकम्पले चिरा बनाएको स्थानबाट पहिरो खस्दा दुई दर्जन भन्दा बढी पशु चौपाय पुरिएको छ । पहिरो कतिखेर खस्ने हो भन्ने चिन्ताले बस्नुपरेको त्यहाँका नागरिकहरुले गुनासो गरेका छन् । पहिरोबाट धुषेनी गाउँको सिरान टोल, सेजेत टोल, उच्च जोखीममा रहेको छ । उत्तरी धादिङको झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा र रि गाउँ विकास समिति पहिरोको उच्च जोखीममा रहेको छ । पहिरो पिडित नागरिकहरुले आफुहरुलाई तत्काल सुरक्षित बास स्थानमा स्थानान्तरण गर्न समेत सरकार सँग माग गरेका छन् ।