धादिङ सहित १४ जिल्लामा पोषण सप्ताह सुरु, बालबालिकाको पाखुरा नापिने

645 पटक पढिएको

सम्पादक: Dhading News

posanधादिङ–असार १३, भूकम्प अति प्रभावित धादिङ सहित १४ जिल्लामा आक्ष्तबा।देखि पोषण सप्ताह सुरु हुँदैछ । काठमाडौं उपत्यकाका ३ जिल्लासहित गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, , नुवाकोट, रसुवा, ओखलढुंगा, मकवानपुर, सिन्धुली, रामेछापमा एक हप्ताभरी पोषण सम्बन्धी कार्यक्रम गरिने बालस्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख गिरिराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी जिल्लाका गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी लिइनेछ । साथै गर्भवती र महिलाका लागि आइरन चक्की, फोलिक एसिड चक्की वितरण तथा मातृ पोषण परामर्श समेत गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाको पाखुराको नाप लिइनेछ ।

बालबालिकाको पोषण अवस्था थाहा पाउन पाखुराको नाप लिन लागिएको हो । अभियानका लागि भूकम्प प्रभावित जिल्लाका गाउँटोलमा स्वास्थ्यकर्मी र स्वंयसेविका खटिनेछन् । प्रभावित जिल्लामा स्वास्थ्यकर्मीले ५ वर्ष मुनिका बालबालिकामा कुपोषण छ, छैन भन्नेबारे अनुगमन गर्ने र त्यस्तो पाइएमा उपचार र औषधीको व्यवस्था पनि गरिएको सुवेदीले बताउनुभयो ।

भूकम्पपछि अति प्रभावित १४ जिल्लामा एकसय भन्दा बढी बालबालिकामा कुपोषण भएको पाईएको छ । पोषण सप्ताहमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनीका बालबालिकालाई जुकाको औषधी पनि खुवाईनेछ ।