तत्काल उपलब्ध गराउने भनेको १५ हजार कहिल पाउने हो सरकार ?

507 पटक पढिएको

सम्पादक: Dhading News

palधादिङ–असार १४, मध्य असार लागीसक्दा पनि भुकम्प पिडित नागरिकहरुले अहिले सम्म सरकारले दिने भनेको १५ हजार रुपैयाँ पाउन सकेका छैनन् । तत्काल उपलब्ध गराउने भनेपनि भुकम्प गएको दुई महिना वितिसक्दा पनि धादिङ जिल्लाका सबै भुकम्प पिडित नागरिक समक्ष अहिले सम्म त्यो रकम पुगन सकेको छैन । बर्षा अगावै अस्थाई टहरो निमार्णको लागि सरकारले तत्काल उपलब्ध गराउने भनेको १५ हजार रुपैँयाको प्रतिक्षामा बसेका नागरिकहरु झनै समस्यामा परेका छन् । पालमुनीको जिवन विताउन बाध्य भुकम्प पिडितहरु सरकारले कहिले १५ हजार देला र अस्थाई टहरो बनाउला भनेर बाटो हेरेर बसीरहेका छन् । यो समयमा भुकम्प पिडितहरु नागरिकहरु कृषि काममा लाग्ने बेला भएको छ । मानो रोपेर मुरी उब्जाउ गर्ने समयमा नागरिकहरु अब आफ्नो खेत बारीमा व्यस्त हुने बेला भएको छ । “ सरकारले दिईने भनेको १५ हजार अहिले सम्म पाएको छैन, अब पाईयोभनेपनि अस्थाई टहरो बनाउने फुर्सद छैन” धादिङ मैदीका काईला कामीले गुनासो गर्नुभयो । पैसा हुनेले त बजार बाट आफ्नै पैसाबाट जस्ता खरिद गरि अस्थाई टहरो बनाईसकेका छन् तर बिहान बेलुका हातमुख कसरी जोड्ने होला भन्ने चिन्तामा रहेका नागरिकहरु भने समस्यामा परेका छन् । “रातदिन जोडिएर पानी पर्ने समयता आउँदै छ तर त्यो स मयमा के गर्ने, एउटा पाल छ त्यही पनि ठाउँ ठाउँबाट पानी चुहिन्छ ” झार्लाङबाट विस्थापित दामगाडेमा बस्नुभएका प्रेम तामाङले गुनासो पोख्नुभयो । विभिन्न सरकारी तथा गैर सरकारी निकायले जस्ता पाता दिने भनेपनि अहिले सम्म कसैले पनि दिएको छैन ।