भुकम्प पिडित बसेका अस्थाई शिविरमा बत्तिको समस्या

523 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ– असार १८, पालमुनी बसेका उनीहरुलाई साँझ पर्न साथ के गर्ने भन्ने समस्याले सताउन थालेको छ । भुकम्पको कारण विस्थापित भई अस्थाई शिविरमा बसेका भुकम्प पिडितहरु बसेको अस्थाई शिविरमा बिजुली बत्ति नपुग्दा उनीहरुलाई झन् ठुलो समस्या परेको छ । अस्थायी शिविरमा उज्यालोकोे व्यवस्था नभएपछि दिनको उज्यालोमै खाना बनाएर खानु उनीहरूको दैनिकी बनेको छ । उत्तरी धादिङको झर्लाङ, सेरतुङ, लापा, री, तिप्लिङ, दार्खा लगायतका गाउँ विकास समितीबाट विस्थापित भएर सांकोसको धन्सारबेसी आइपुगेका अधिकांश विस्थापितहरुले साँझ पर्नुअगावै बेलुकीको खाना खाने गरेका छन् । अस्थायी शिविरमा रहेका अधिकांश विद्यार्र्थी उज्यालो नभएकै कारण गृहकार्य गर्न समस्या परेको छ ्। झार्लाङ गाऊँ विकास समितीका प्रेम बहादुर तामाङको अनुसार बिजुली बत्ति नहुदा पिडा माथि झन् पिडा थपिएको बताउनु भयो । बिजुलीको तार शिविर माथि हुँदै गएको छ ,तर तार हेरेर बस्नुको विकल्प छैन उहाँले गुनासो गुर्नभयो । सानो ठाउँमा सयभन्दा बढी अस्थायी टहरा बनेका र ती अव्यवस्थित रहेकै कारण विद्युत लाइन जोड्न नसकिएको विद्युत प्राधिकरणले जनाएको छ ।