रानीबारी हत्याकाण्डका अभियुक्त समात्ने प्रहरीलार्इ पुरस्कार
639 पटक पढिएको
गृहमन्त्री गौतमले गृहमन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा डिआर्इजी मल्ललाई ३० हजार नगद र सम्मानपत्र प्रदान गरे ।
त्यसैगरी डिएसपी भीमबहादुर दाहाललार्इ २५ हजार तथा इन्सपेक्टरहरु महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई सरकारले २२/२२ हजार रुपैयाँबाट र सम्मान पत्र प्रदान गरियो ।
पुरस्कृत प्रहरी अधिकृतले लामो अनुसन्धनापछि काठमाडौंको रानीबारीमा १२ वर्ष अघि भएको हत्याकान्डमा संलग्न अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई २०७१ चैत १ गते पक्राउ गरेका थिए ।
पुरस्कार प्रदान गरेपछि सामूहिक फोटो खिचाउँदै
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले निकै लामो अनुसन्धान र निरन्तरको प्रयासपछि अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको बताएका थिए ।
रानीबारी हत्याकाण्डका दुई अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले २०७१ चैत २६ गते आदेश दिएपछि उनीहरु हाल जेलमा छन् ।
घटनाको छानबिन तथा अभियुक्तको खोजी गर्न प्रहरीले पटकपटक कार्यदल बनाए पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको थिएन । रानीबारी हत्याका अभियुक्त पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना पनि भएको थियो ।
प्रहरीले सो घटनाको टुंगो लगाइ अपराधी पक्रन बनाइएका १६ वटा अनुसन्धान टोली असफल भएको अवस्थामा डिआर्इजी मल्ल नेतृत्वको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्यामा संलग्नलार्इ पक्रन सफल भएको थियो ।
घटनामा संलग्न दोलखा निवासी मनराज गुरुङ र रामेछाप निवासी प्रमेश चौहानलाई काठमाडौबाट २०७१ फागुन २९ गते व्यूरोका डिएसपी भीमबहादुर ढकालको नेतृत्वमा रहेका इन्सपेक्टरहरु महेस बस्नेत र दिपेन्द्र अधिकारीसहितको टोलिले पक्राउ गरेको थियो ।