भुकम्पपछी धादिङका विभिन्न स्थानमा खानेपानीको समस्या

806 पटक पढिएको

सम्पादक: Dhading News

paniधादिङ–असार १७, बैशाख १२ र २९ गते गएको भुकम्प र त्यसपछिका लगातारको पराकम्पले खानेपानीको आयोजनामा क्षती पु¥याएपछि अहिले जिल्लाको विभिन्न गाविसमा खानेपानीको चरम समस्या भएको छ । खानेपानीको ट्याङकी लगायत पाईप पहिरोले बगाएपछि उत्तरी धादिङको झार्लाङ लगायत सल्यानटार, ढोला, भुमेस्था, गोगनपानी गाविसमा खानेपानीको समस्या भएको छ । भुकम्प पछि खानेपानीको मुहान सुकेपछि समस्या भएको छ । खानेपानीको समस्या रहँदै आएको सल्यानटारमा भुकम्प पश्चात झनै ठुलो समस्या भएको छ । उत्तरी धादिङको झार्लाङ र लापामा पनि पानीको समस्या भएको छ । झार्लाङ–२ सेन्छु,लुङगुलो, नेक्सा, गङदेन, सिनसार, याम्चेत टोलका १ सय ४६ घरधुरीका परिवारहरु अहिले दुई घण्टा लगाएर पानी बोक्न बाध्य भएका छन् । वि.स २०६५ सालमा जिल्ला विकास समितिको आर्थिक सहयोगमा निमार्ण गरिएको झार्लाङ वाङउको पानी ट्याङकी पहिरोले भत्काएपछि नागरिकहरु पानी खानबाट बञ्चित भएका छन् । विहान उठेदेखी साँझ सम्म महिलादेखी बालबालिकाहरुको काम नै पानी बोक्ने हुने गरेको छ ।