गोठमा बस्दै आएका चेपाङ परिवार बिचल्लीमा

369 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–असार २१, भुकम्पले घर भत्किएपछी गोठमा बस्दै आएका महादेवस्थाना गाउँ विकास समितिका पुतली चेपाङ र ठुली मायाँ चेपाङको अहिले बिचल्ली परेको छ । आफु बस्दै आएको गोठ पनि आगोलागेर नष्ट भएपछि चेपाङ परिवार अहिले खुल्ला आकाश मुनी बस्न बाध्य भएका छन् । बैशाख १२ गते गएको विनाशकारी भुकम्पले घर भत्किएपछि उनीहरु गोठमा आश्रय लिएर बसीरहेका थिए । तर आफु बसेको गोठ पनि आगो लागेर नष्ट भएपछि अब के गर्ने भन्ने चिन्ताले सताएको छ । दिउँसो कोहि नभएको समयमा गोठमा आगोलाग्दा राहत स्वरुप पाएको नगद २२ हजार, बृद्धाभत्ता लगायत अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । तीन महिना भन्दा बढी खान नपुग्ने चेपाङ परिवारको अलिअलि भएको अन्नपात पनि जलेपछि अब उनीहरु भोकै बस्नुपर्ने छिमेकी विष्णु थापाले बताउनु भयो । पिडित चेपाङ परिवारले आफुहरुलाई सहयोग गरी जिवन रक्षा गरिदिनुहनु सम्पुर्णलाई आग्रह गरेका छन् ।