अनुमति नलिई सांस्कृतिक कार्यक्रम चलाउने हांस्यकलाकारलाई प्रजिअवाट सचेत गराईयो

468 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Mundre-Magneधादिङ -सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न धादिङ आएका राष्ट्रिय कलाकारहरु प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नियन्त्रणमा लिईएको भन्दै विभिन्न संचारमाध्यममा समाचार आउन थालेपछि यतिबेला सबैको ध्यान धादिङ जिल्ला प्रशासन कार्यालय तर्फ गएको छ ।सदरमुकामको नीलकण्ठ उच्च माविमा सांस्कृतिक कार्यक्रम प्रस्तुतका लागि आएको कलाकार टोलीले स्थानीय प्रशासन संग समन्वय नगरि कार्यक्रम देखाएपछि अनुमति नलिनुको कारण बुझ्न प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गायिका कोमल वली,हास्यकलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’,जितु नेपाल ‘मुन्द्रे’लाई जिल्ला प्रशासन कार्यालयमा वोलाएको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारीको निर्देशनमा कलाकारहरु नियन्त्रणमा परेको समाचार वाहिर आएको बुझिएको छ । चर्चित हास्यकलाकारद्वय केदार घिमिरे ‘माग्ने बुढा’ र जितु नेपाल ‘मुन्द्रे’ तथा लोकगायिका कोमल ओलीलाई धादिङ प्रहरीले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको छ ।

युनिसेफको सहयोगमा रेडियो नेपालबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘भन्दै-सुन्दै’ रेकर्ड गर्न धादिङबेसी पुगेका तीन चर्चित सेलिब्रेटीलाई अनुमतिबेगर नै कार्यक्रम गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर सिधै सिडियो कार्यालय लगेको हो ।

जनचेतनामूलक रेडियो कार्यक्रम ‘भन्दै-सुन्दै’ उनीहरुले नीलकण्ठ उमाविको प्राङ्गणमा रेकर्ड गरेका थिए । चर्चित कलाकारहरु धादिङबेसी पुगेपछि नीलकण्ठ उमावि र बालमन्दिरका विद्यार्थी तथा शिक्षकहरुको उत्साहपूर्ण सहभागिता थियो ।

सो अवसरमा मुन्द्रे र माग्नेको हास्यव्यङ्ग्य प्रस्तुतीका अलावा चर्चित जादूगरहरुले जादू समेत देखाएका थिए । यस्तै कोमल वलीले  आफ्ना चर्चित गीतहरु गाएकी थिइन् ।

कोमल ओलीले गीत गाएर सक्न नभ्याउँदै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो ।

नीलकण्ठ उमाविका शिक्षकहरुले कार्यक्रम विद्यालयको व्यवस्थापन र अनुमतिमा भएको भन्दै रोक्न खोजेपनि ‘सिडियो साप’ले लेराउनु भनेको छ भन्दै प्रहरीले लिएर गयो । त्यसपछि सिडियो कार्यालयमा केहीबेर सम्झाएर उनीहरुलाई छाडियो ।

नियन्त्रणमा लिएको होइन, छलफलका लागि बोलाएका हौं – सिडियो

यसैबीच धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरुलाई नियन्त्रणमा लिएको नभइ छलफलका लागि मात्रै बोलाएको बताएका छन् । ‘उहाँहरुले धादिङबेसीमा कार्यक्रम गर्नुभएछ, अनुमति लिइएको थिएन,’ साझापोस्टसँग कुराकानी गर्दै प्रजिअ घिमिरेले भने, ‘त्यसैले अनुमति लिएरमात्रै कार्यक्रम गर्न सम्झाएका हौं ।’