प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९/०७० र ०७०/०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक -नेत्रावती साप्ताहिक ख वर्गमा
811 पटक पढिएको


आ.व. ०६९/०७० मा वर्गीकरणका लागि फाराम भरेका ८८१ वटा पत्रिकाहरु मध्ये ७७८ पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने बांकी १०३ वटा विविध कारणले वर्गीकरणमा समावेश भएका छैनन् । जसमध्ये राष्ट्रिय वर्गमा २१२, क्षेत्रीयमा १९१ रहेका छन भने स्थानीय वर्गमा ३७५ वर्गीकृत भएका छन् । जम्मा बर्गिकरणमध्ये ‘क+’ मा ११ ‘क वर्ग’ मा २१०, ‘ख’ वर्गमा ३१३, ‘ग’ वर्गमा १८६ र ‘घ’ वर्गमा १५८ पत्रपत्रिका बर्गिकरणमा परेका छन् ।यसैगरी आ.व. ०७०/०७१ मा बर्गिरुकणका लागि फाराम भरेका ८७५ पत्रपत्रिका मध्ये ८२२ पत्रिका बर्गीकरणमा समावेश भएका छन् भने ५३ पत्रपत्रिकाहरुको नतिजा स्थगित गरिएको छ । जसमध्ये राष्ट्रिय स्तरमा २००, क्षेत्रीय स्तरमा १८७ र स्थानीय स्तरमा ४३५ पत्रपत्रिका रहेका छन् । यसवर्षदेखि मापदण्ड वमोजिम ‘क+’ मा ७ दैनिक र ३ साप्ताहिक गरी १० पत्रिका बर्गिकरणमा परेका छन् । जम्मा बर्गिकरणमध्ये ‘क+’ मा १० ‘क वर्ग’ मा २३१, ‘ख’ वर्गमा ३२६, ‘ग’ वर्गमा २०२ र ‘घ’ वर्गमा ५३ पत्रपत्रिका बर्गिकरणमा परेका छन् ।
नतिजा उपर चित्त नबुझ्नेको हकमा पुनरावलोकनको लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यससम्बन्धी सूचना गोरखापत्र राष्ट्रिय दैनिक र काउन्सिलको वेभसाइटमा यथाशिघ्र प्रकाशन गरिने प्रेस काउन्सिल नेपालले जनाएको छ ।