७१ प्रतिशत मुद्दा फस्र्यौट

406 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, – जिल्ला अदालत धादिङले गत आर्थिक वर्षमा ७१ प्रतिशत मुद्दा फैसला गरी न्याय सम्पादन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार भेटघाट कार्यक्रम गरी जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माले ‘न्यायालयले तयार गरेको पञ्च वर्षिय रणनैतिक योजनाको आधारमा अदालतले वार्षिक कार्ययोजना अनुसार फैसला र फैसला कार्यान्वयन गरेको’ जनाएका छन् ।

गत असार मसान्तसम्मका कुल १९ सय ४२ मुद्दाहरु मध्ये ६ सय ५८ मुद्दा लगतमा थिए । तीमध्ये ४ सय ६७ वटा फस्र्यौट भएको अदालतले जनाएको छ ।

उठाउनु पर्ने नयाँ र पुराना जरिबाना बाँकी रु, १० करोड ८३ हजार ८ सय १३ रुपैंया मध्ये ७ करोड ९७ लाख ६२ हजार ७ सय ९२ रुपैंया असुल गरिएको छ । कैदतर्फ बाँकी रहेको १६ सय १७ वर्ष ४ महिना ४ दिन मध्ये ४ सय ५० वर्ष २ महिना १ दिन कैद असुली गरिएको छ ।

प्रहरीले अदालतका पुराना फैसला कार्यान्वयनका लागि १ सय अपराधीलाई ११ महिनाको अवधिमा पक्राउ गरि जिल्ला अदालतलाई बुझाएको थियो ।