पहिरोले अवरुद्ध गल्छी देविघाट सडक खुल्यो

2184 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी (धादिङ),- पहिरोले दिनभर अवरुद्धख हुन पुगेको गल्छि–देविघाट सडकखण्ड साँझबाट संचालनमा आएको छ । सडक अवरुद्ध हँुदा यस मार्ग भएर रसुवा र नुवाकोटबाट राजधानीका साथै देशका अन्य भागमा आवतजावत गर्ने दर्जनौ सवारी साधन दिनभर वाटोमा नै अलपत्र परेका थिए ।
DSC_0056नुवाकोट सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्ने गल्छि देविघाट सडक खण्डको धादिङ जिल्लाको गोगनपानी १ कोल्पुखोला नजिकै गएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो । अबरुद्ध सडक खुलाउन धादिङ र नुवाकोट स्थित सडक विभागबाट आएको डोजरले दिनभर लगाएर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडकमा भएको अवरोधले यात्रुवाहक तथा नीजी सवारीसाधनमा सवार सयौ यात्रुहरु अलपत्र परेका थिए । शुक्रवार दिउसो १२ वजे देखि शुरु भएको सुख्खा पहिरो दिनभर जस्तै खसेको थियो ।
Galchhi devighat sadak pahiro11नुवाकोट र रसुवालाई राजधानीसँग जोड्ने पासाङल््हामु मार्गमा निरन्तर गईरहेको पहिरोले पछिल्लो समय सवारीसाधनहरु देविघाट गल्छि हुँदै पृथ्वी राजमार्गबाट राजधानी ओहोर दोहोर गर्ने गरेका छन । हाल यस मार्गमा दैनिक पाँच दर्जनको संख्यामा वस तथा माईक्रोका साथै मालवाहक सवारी साधन र अन्य दर्जनौ निजी सवारी साधन संचालन हुँदै आएको छ ।