जैविक विबिधता तथा पुनरउत्थान सम्वन्धी अभिमुखिकरण गोष्ठी

898 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-सामुदायिक बन उपभोक्ता महासंघ धादिङले जैविक विबिधता तथा पुनरउत्थान सम्वन्धी अभिमुखिकरण गोष्ठी शनिवार धादिङबेसीमा सम्पन्न गरेको छ ।

???????????????????????????????जिल्ला महासंघ धादिङका पदाधिकारी, लेखा समिति सदस्य, न्यायिक समिति सदस्य लगायतहरुको लागि संचालन गरेको गोेष्ठीमा भुकम्प पछि प्रभावित बस्तीहरु काम गर्ने गरि महासंघको हरियो बन कार्यक्रम मार्फत आगामी अक्टोवर २०१६ सम्मको लागि ७१ लाख ४५ हजार रुपैया बरावरको कार्यक्रम सम्झौता गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काले सामुदायिक बन उपभोक्ता समुहहरु अहिले संकटग्रस्त रहेको अवस्थामा पनि बन ऐन र नियामावलीले पाएको अधिकार पनि उपभोग गर्न नपाइरहेको बताउनुभयो । सरकारले बनाउने विभिन्न खालको बहानाले सामुदायक बन उपभोक्ता समितिले पाएको अधिकार पनि कटौती भइरहेकाले अधिकार स्थापित गराउनको लागि महासंघ केन्द्र सधै लागिपरेको बताउनुभएको छ ।

गत वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्प पछि प्रभावित भएका मध्ये हरियो बन कार्यक्रम संचालन भएका गाउँ विकास समितिहरुमा नै भुकम्प पछिको पुनरउत्थान कार्यक्रम संचालन गर्न लागिएको हो । गोष्ठीमा कार्यक्रम संचालन गर्ने निर्देशिका, कार्यन्वयनका चरण र मुल्याङकन प्रक्रियाबारे सहभागीहरुलाइ जानकारी गराइएको थियो ।