पृथ्वीराजमार्गका विभिन्न पाँच ओटा पेट्रोल पम्पमा सिल

629 पटक पढिएको

सम्पादक: Dhading News

downloadपृथ्वीराजमार्ग अन्तरगतका विभिन्न पाँच ओटा पेट्रोल पम्पमा गुणस्तर तथा नाप तौल विभागको टोलीले सिल लगाएको छ । पेट्रोल पम्पहरुले विक्रिमा अनियमितता गरेको गुनासो आउन थाले पछी गुणस्तर तथा नाप ताल विभागको टोलीले पाँच ओटा पेट्राल पंम्पहरुको डिजेल भर्ने मेसिनमा सिल गरिदिएको  हो । राजमार्गमा संचालीत पंपहरुमा मिसावट धेरै हुने , तेल दिदा पुरा तौल नदीने गुनासो बढ्दै गएका कारण त्यसको अनुगमन गर्दा कुनै पेट्रोल पंपको तेल भर्ने मेसिनले कम तेल झारेको र कुनैले धेरै तेल झारेकोले त्यस्ता पंपको मेसिनहरुमा सिल गरिदिएको हो ।  मलेखु स्थित अम्बे आयल,बेनीघाटको विशालटार स्थित सदाज्योती आयल स्टोर र जोगीमाराको त्रिशुल धारी लगाएत राजमार्गका पाँच ओटौ पेट्राल पंपका डिजेल विक्रि गर्ने पुराना पंपहरुमा सिल लगाई दिएका हुन । मोसिनले तेल भर्दा धेरै जसोमा प्रति लिटरमा एक सय एम एलसम्म कम तेल झर्ने पाईएको थियो भने के्हीमा भने प्रति दश लिटरमा असी एम एल धेरै तेल झरेको पाईएको छ ।  सिल जिल्लाा प्रशासन कार्यालय धादिङको रोहवरमा लगाईएको हो । त्यस्ता पंपहरुले  तत्काल मेसिन परिवर्तन गरी डिजिटल प्रविधिको राख्नु पर्ने गुणस्तर तथा नाप तौल विभागले बताएको छ ।  पृथ्वी राजमार्गमा मात्र पन्द्रको हाराहारीमा पेट्रोल  पंपहरु रहेका छन्  । साथै तत्कालै सोहि पम्मबाट पेट्रोल विक्रि नगर्न समेत चेतावनी दिएको कलाकुञ्ज डक कमले खवर लेखेको छ ।