बन्दको प्रचार गर्न हिँडेका वैद्यका कार्यकर्ता पक्राउ

534 पटक पढिएको

सम्पादक: Dhading News

साउन ३० – नेकपा–माओवादी र मधेशी मोर्चाले संयुक्त रुपमा आह्वान गरेको बन्दको प्रचारप्रसार गर्न हिँडेका नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मस्यौदाको विरोधमा आइतबार र सोमबार आह्वान गरिएको बन्दको प्रचार गर्ने क्रममा उनीहरु राजधानीका विभिन्न सथनबाट पक्राउ परेका हुन् ।

नेकपा–माओवादीका प्रवक्ता पम्फा भुषालका अनुसार कालिमाटीबाट केन्द्रिय सदस्य पार्वती थापा, शारदा महत, डिल्ली मगर दरबार मार्गबाट राजकुमार श्रेष्ठ, महेश श्रेष्ठ, सूर्य लामा, ठिमीबाट भवनाथ तिमिल्सिना, बिना लामासहित ४ जना, ललितपुर ग्वार्कोबाट गगन थापा, सुविन थापा, तेजनारायण श्रेष्ठ, सुविन महर्जन र शैलेन्द्र महर्जन तथा र जावलाखेलबाट सुरेन्द्र मण्डललाई प्रहरीले गिरफ्तार गरेको छ ।

भुषालले शनिबार विज्ञप्ति निकाल्दै सरकारको कदमको भत्सर्ना गर्दै उनीहरुको रिहाई माग गरेकी छिन् । जनताको सङ्घीय गणतन्त्र नेपालको संविधानको लक्ष्य र आकाङ्क्षा विपरीत वैदेशिक शक्तिको इशारामा चार दलका शीर्ष नेताले जनविरोधी संविधान जारी गर्ने षड्यन्त्र गरेको भन्दै नेकपा–माओवादी र मधेशी मोर्चाले बन्दको आह्वान गरेका हुन्