कुनै पनि हालतमा एक मधेस एक प्रदेश बनाउन हुँदैनः मन्त्री बस्नेत

398 पटक पढिएको

सम्पादक: Dhading News

 Mantri-Basnetभक्तपुर, साउन ३०– उद्योगमन्त्री महेश बस्नेतले कुनै पनि हालतमा एक मधेश एक प्रदेश हुन नहुनेमा जोड दिएका छन् । चार दलबीच भएको सहमतिमा जातीय राज्य नबनाउने, विखण्डन हुने गरी एक मधेस एक प्रदेश नबनाउने र सबैको धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने गरी संविधान ल्याउन भएको सहमति भएको उनको भनाई छ ।

दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति एवम् पोसाक वितरण कार्यक्रममा उनले भदौ १५ गतेभित्र कुनै हालतमा संविधान जारी समेत दाबी गरे ।

उनले दलहरुबीचको शक्ति सन्तुलन र सबैको भावनालाई समेट्नुपर्ने अवस्थाका कारण बनेको छ प्रदेश वैज्ञानिक भएको बताए ।

सो अवसरमा मन्त्री बस्नेतले आफ्नो कृति ‘म महेश’ को बिक्रीबाट आएको पहिलो रकम पाँच हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायले आफूआबद्ध खेलकुद संस्थाको २५ हजार सोही विद्यालयका विद्यार्थीलाई इन्टरनेट सञ्चालन गर्नका लागि हस्तान्तरण गरे ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयभन्दा कम नरहेको बताए ।

सो अवसरमा ११० विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही रु एक हजारका दरको छात्रवृत्ति र सहयोगी निमा शेर्पाले उपलब्ध गराएको विद्यालय पोसाक वितरण गरिएको थियो ।