बजारमा ग्यासको मुल्य अझै घटेन

519 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–साउन ३०, बजारमा खान पकाउने एलपी ग्यासको मुल्य घटेको दुई साता वितिसक्दा पनि बिक्रेताले पुरानो मुल्य लिई उपभोक्ता ठग्ने काम गरेका छन् । प्रतिसिलिन्डर ग्यासमा ३५ रुपैयाँ घटाए पनि बजारमा अधिकांस बिक्रेताले धादिङमा पुरानो मुल्य लिने गरेको पाईएको छ । मुल्य बढेको ग्यास बजारमा आईनपुगेको भन्दै व्यापारीले पुरानो मुल्यमा बेच्ने गरेको पाईएको छ । नेपाल आयल निगमले भारतामा मूल्य घटेकाले एक अगस्तमा प्रतिग्यास सिलिण्डर ३५ रुपैयाँ घटाईएको थियो । ग्यासमा मुल्य घटेको छ भन्दा बिक्रेताले घटेको मुल्यमा बिक्री नगरी रित्तै फर्काउने गरेको धादिङबेसीका उपभोक्ताहरुले गुनासो गरेका छन् । ग्यासको मुल्य बढ्दा व्यापारीले तत्काल मुल्य बढाउने र घट्दा नघटाउनाले आम उपभोक्तालाइ प्रत्यक्ष असर पर्ने गरेको छ ।