बलात्कार गर्ने ७० बर्षिय मल्ल नीलकण्ठबाट पक्राउ

557 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–असार ३०, बलात्कारको आरोप धादिङ नीलकण्ठ नगरपालीका वडा नम्बर ४ का ७० बर्षिय बृद्धलाई आज प्रहरीले पक्राउ गरेको छ । बोल््न नसक्ने छिमेकी युवती लाई बल्लात्कार गरेको आरोपमा ७० बर्षिय बृद्ध कुलबहादुर मल्ललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । गत १९ गते अपरान्ह २६ वर्षीया कान्छी नाम परिवर्तनकै घरमा दुवै जना लाई केटाकेटीहरुले निर्वस्त्र देखे पछि हल्ला गरेका थिए । पिडित युवतीले केही वताउन नसक्ने भए पछि स्थानीय स्तरमै छलफलमै मेलमिलाप गराईएको थियो । स्थानीय स्तरको मेलमिलापमा चित्त नवुझेर पीडित युवतीकी आमाले प्रहरीमा उजुरी दिए पछि प्रहरीले ७० वर्र्षीय मल्ललाई पक्राउ गरेको हो ।