बन्दको दोस्रो दिन,धादिङको जनजीवन प्रभावित

473 पटक पढिएको

सम्पादक: Dhading News

bandaधादिङ–साउन, ३२संविधान निर्माण प्रक्रियामा असहमति जनाउँदै गरेका तीन दलको बन्दले धादिङको जनजीवन प्रभावित बनेको छ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, सहितका दलले आज फेरि नेपाल बन्द गरेका छन् । बन्दका कारण आज बिहानै देखि धादिङबेसीबाट छुट्ने लामो तथा छोेटा दुरीका सवारी साधनहरु ठप्न रहेका छन् । बन्दकर्ताहरु नदेखीएपनि बन्दको प्रभाव भने धादिङमा परेको छ । राजमार्गमा नीजि सवारी साधनहरु हल्का चलेपनी सार्वजनिक सवारी साधन भने ठप्प रहेको छ । पृथ्वीराजमार्गमा हुने सक्ने घट्नालाई मध्यनजर गर्दै सुरक्षा गस्ती बढाईएको छ । उता काठमाण्डु र चितवनमा गाडी तोडफोड गरिएको छ । बन्दको क्रममा काठमाडौंको बबरमहलमा बिहानै एउटा बसमा तोडफोड भएको छ । प्रहरीका अनुसार बन्दका बेलामा गाडी चलाएको भन्दै बन्दकर्ताले अरनिको राजमार्गमा गुड्ने बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरिएको छ । बन्दकर्ताले एम्बुलेन्स, प्रेस, स्कूलबस चल्न दिइएको बन्दकर्ताले बताएका छन् ।