टेलिकमले ल्यायो सस्तो डाटा प्याक

671 पटक पढिएको

३२ श्रावण २०७२, सोमबार १८:१५ सम्पादक: धादिङ न्यूज

 telicomनेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी  जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सार्वजनिक गरेको छ।   टेलिकमले सार्वजनिक गरेको नयाँ प्याकेजलाई तीन प्रकारमा वर्गिकरण गरेको छ। ती प्याकहरु ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक रहेका छन्।
ब्रोञ्ज प्याक एक महिनाका लागि दुईसय एमबी डाटा १ सय ३० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। त्यस्तै  ५ सय एमबी डाटा तीनसय रुपैयाँमा पाइने समेत उसले जनाएको छ।
सिल्भर प्याक अन्र्तगत एक जिबी डाटा ५ सय रुपैयाँमा महिनाभरि चलाउन सकिने र तीन जिबी डाटा १ हजार २ सय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जनाएको छ।
टेलिकमको गोल्ड प्याक अन्र्तरगत पाँच जिबीको डाटा १८ सय रुपैयाँमा  तीन महिना चलाउन सकिन्छ। साथै  १० जिबी डाटा २८ सय रुपैयाँमा ६ महिना चलाउन सकिने नेपाल टेलिकमले जानकारी दिएको छ।
यो सुविधा लिनका लागि चाहिएको डाटा प्याक उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने टेलिकमले जनाएको छ । प्रयोग गरेको डाटा प्याक थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ। साथै टेलिकमले २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिने समेत जनाकारी दिएको छ। सम्पूर्ण शुल्कमा १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ।