काठमाण्डौमा कोठा भाडामा चाहियो ? कहाँ सम्पर्क गर्ने, नम्बर सहित

3344 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं उपत्यकामा अहिले घर तथा कोठा भाडा लगाइदिने तथा खोजीदिने एजेन्टहरुको व्यवसाय फस्टाउँदै गएको छ। भूकम्प पछि यो व्यवसाय झनै फस्टाएको देखिन्छ।  उपत्यकामा सञ्चालित यस्ता घरबहाल तथा कोठा भाडामा लगाईदिने ३० वटा जति सस्ंथा बैध रुपमा सञ्चालन भएका छन्। यस्ता केहि संस्था कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर कारोबार गर्दै आएका छन् भने केहि दर्ताबिना अवैध रुपमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।
कोठा तथा घर भाडामा खोजिदिने र लगाइदिनेको संगठन घरजग्गा एजेन्ट संघ नेपाल रिआनमा ३८ वटा संस्था आवद्ध छन्। रिआनका अध्यक्ष ईश्वर प्रसाद खरेलका अनुसार  उपत्यकामा कोठा भाडा तथा घरभाडाको कारोबार गर्ने वैध भन्दा अवैध संस्था बढी छन्।
उपत्यकामा बन्ने घरको संख्या बढ्दै जादा भाडामा बस्न आउनेहरुको संख्या पनि दिनप्रतिदिन बृद्धि हुदै गएको छ। जसको कारण काठमाडौैंमा कोठाभाडा नपाउने समस्या पनि दिनप्रतिदिन बढ्दै गएको छ।
भाडामा बस्ने मानिसहरुको संख्या बढ्दै जाँदा  अहिले भाडाको कोठा भेट्नु पनि त्यती सहज छैन। कतिपय मानिसहरुलाई कोठा भाडामा खोज्दै हिँड्ने फुर्सद समेत छैन। कोठा भाडामा खोज्दा सहजै नपाइने समस्या बढ्दै गएपछि कोठा तथा घरभाडामा खोजिदिने दलालहरुको  कारोबार मात्रै होइन यस्ता दलालको संख्यामा समेत वृद्धि भएको छ।
यस्ता केहि दलालले घरधनी र कोठाभाडामा बस्ने दुबै सँग पैसा असुल्ने गरेका छन्। के कति पैसा असुल्न पाउने भन्ने बारेमा कुनै नियम नभएको हुँदा यिनीहरु बाट जथाभावी  शुल्क समेत लिने गरिएको छ। तर कैंयन मानिसहरु भने  कोठा तथा घरको भाडा सम्बन्धी कारोबार गर्ने दलालहरुको सेवाबाट लाभान्वित समेत भएका छन्।
कोठा भाडा खोजिदिनेहरुको व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको लागि सरकारबाट यस व्यवसायको लागि आवश्यक कानुनको निर्माण गर्नुपर्ने अध्यक्ष खरेलको भनाई छ।  सरकारले आवश्यक काुनुनको निर्माण गरि यस खालका व्यवसायीहरुलाई करको दायरामा  ल्याउनुपर्ने खरेलको तर्क छ।
काठमाडाैँ छिरेसंगै पढ्न वा व्यवसाय गर्न चाहनेले भोग्ने पहिलो समस्या भनेकै कोठा भाडामा नपाउने हो । घरका झ्यालमा पर्दा लागेको  छ छैन भनेर दिनभर खोज्दा पनि कोठा पाउदैनन्।
कोठा भाडामा खोज्नेको समस्यासँगै कोठा भाडामा लगाउन चाहने घरधनीहरुको पनि समस्याहरु बढ्दै गएका छन्। जसले गर्दा यो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने खरेलकोे भनाई छ।
काठमाडौंमा वैध अवैध गरि अहिले एक सय १० भन्दा बढि  कोठा भाडामा खोजिदिने एजेन्टहरु रहेका छन्। दुवैतिरबाट जथाभावी पैसा असुल्ने प्रचलन व्यापक रहेका कारण यस्ता एजेन्टलाई सरकारले लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने उनको धारणा छ।
भाद्र २६ गते रिआनको साधारण सभा बस्न लागेको छ। यसबाट घरधनि र कोठाभाडावालसँग के कति रकम असुल्न पाउने भन्ने बारेमा आवश्यक मापदण्ड बनाइने खरेलले जानकारी दिए।
रिआनमा दर्ता भएका धेरैजसो एजेन्टहरुले भने घरधनिबाट मात्रै पैसा असुल्ने गरेको खरेलको दावी छ। अध्यक्ष खरेलले आफुले कोठा भाडामा बस्ने मानिसहरुसंग पैसा असुल नगरेको बताउँछन्। यस्ता केहि व्यवसाइले अनलाइन मार्फत सेवा प्रदान गर्दै आएका
छन्। सेतोपाटीबाट
कोठा र घर भाडा चाहिएमा कहाँ कहाँ सम्पर्क गर्ने ?

S.N.

Real Estate

Address

Contact Persons

Contact Number

1

RentalNepal.com Jhamsikhel, Lalitpur Kishor Kharel Ph. 015522899, Cell: 9851075188

2

Green Real Estate Bakundol, Lalitpur D.B. Chhetri Ph. 015551291

Cell: 9841-365793

3

Bhandari Real Estate Maharjagunj , KTM Hem Bhandari Ph. 4720147,

Cell: 98510-67692

4

Manakamana Real Estate Basundhara, KTM Saroj Naupane Ph. 4361226,

Cell: 98510-10629

5

Reliable Real Estate Nakhhu, Lalitpur Pratab Shrestha Cell: 9841260420

6

TJ’s Home Finder Real Estate Man Bhawan, Lalitpur Arun Thapa Cell: 98510-92810

7

Sugam Real Estate Jhamsikhel, Lalitpur Buddhi Man Tamang Cell: 9851037826

8

GharGadi Sansar Samakhusi, KTM Prem Kharel Cell: 9841-364699

9

eGharJagga.com Naxal, Nagpokhari, KTM Raj Kumar Upreti Ph. 016222364,

Cell: 9851075881

10

Lotush Real Estate Baneshwor, KTM Keshar Thapa Cell: 98510-45302

11

Om Shai Ram Real Estate Baneshwor, KTM Praladha Gurung Cell: 9721411138

12

Archana Real Estate Santinagar, KTM Achuyat Nepal Cell: 9842-020510

Cell: 98510-44739

13

Bhumika Real Estate Baneshwor, KTM Dhruba Dulal Cell:9841215192,

Cell: 9851136162