समयमै स्वास्थ्य उपचार नै पाउदैनन् उत्तरी धादिङकाका बिरामीहरुले

377 पटक पढिएको

सम्पादक: Dhading News

thapaधादिङ–भदौ २,उत्तरी धादिङका मानिसहरु स्वास्थ्य सेवा लिनबाट बञ्चित बनेका छन् । उत्तरी धादिङको तिप्लिङ र सेर्तुङका मानिसहरु  सामान्य बिरामी हुँदा पनी हजाराँै खर्च गरेर धादिङबेसी र काठमाण्डाँै जानुपर्ने बाध्यता रहेको छ । तिप्लिङ गाउँमा  स्वास्थ्य चौकी भएपनी प्रर्याप्त औजार र  औषधी नहुँदा त्यस क्षेत्रका नागरिकहरुले ठुलो समस्या भोग्नु परेको छ । झनै बैशाख १२ गतेको भुकम्प र पहिरोको कारण तिप्लिङका हरेक गाउँहरु विरानो बन्न पुगेको छ । बीच बीचमा ठुला ठुला पहिरो गएको कारण एक वडा बाट अर्को वडामा जाननै ४–५ घण्टा लाग्ने गरेको छ । पैसा तिरेर पनि नागरिकहरुले स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । दिउँसो एक्लै हिड्न समेत नसक्ने उत्तरी धादिङ्गका गाउँहरुमा रातीको समस्यामा एक्कासी विरामी हुँदा  झनै ठुलो सममस्या पर्ने गरेको छ । सामान्य विरामी हुँदा समेत समयमै  उपचार नपाउदा अकालमै ज्यान जाने गरेको छ  । निशुल्क रुपमा पाउनुपर्ने स्वास्थ्य सेवा नागरिकहरुले पैसा तिरेर पनी पाउन सकिरहेका छैनन् । अकस्मात बिरामी परेको खण्डमा अन्य विकल्प भनेको हेलिकोप्टर चार्टर गर्नु नै हौ । पैसा हुनेहरुले हेलिकोप्टरको सेवा लिए पनि साँझ विहान चुलो  चलाउनै समस् या हुनेहरुको लागी लागी हेलिकोप्टरको सेवा लिनु भनेको  काबु बाहिरको कुरा हो ।सरकारी तथा गैर सरकारी संस्थाले बार्षिक करोडौँ रुपैया स्वास्थ्य क्षेत्रमा खर्च गरीरहेका छन् तर दुर दराजका मानिसहरुको समस्या उस्तै छ ।