सरस्वतीको बयान: रातो कारमा आएका ५–७ जना प्रहरीले घैंटेलाई गोली हाने प्रहरीले घैंटेको हातमा रिभल्बर राखिदिएको दाबी

1453 पटक पढिएको

सम्पादक: Dhading News

kumar aaaaaaaaaa

काठमाडौं–राजधानीको ठमेल छिर्ने पीपल बोटबाट उत्तरतर्फ पर्ने सामाखुसी चोक र सामाखुसी चोकबाट पीपलबोटतर्फ लाग्ने सहायक सडकको लगभग बीचभागमा पर्छ कपुरधारा । या भनौं भारतीय दूताबासको मुन्तिर छ प्रहरीको इन्काउन्टरमा परि मृत्यु भएको भनिएका कुमार घैटेको घर ।

kumar-ghaite-(4)

त्यही कपुरधारमा रहेको भित्रि गल्लीमा कुमार घैंटेको पहेँले कलरको घर अगाडीको खाली जग्गामा उनको इन्काउन्टर भयो ।

प्रहरीका अनुसार घैंटेले प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि उनीमाथि इन्काउन्टर भएको थियो । प्रहरी इन्काउन्टरबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोहि घटनामा घैटेको सहयोगी सुरेन्द्र महर्जन र राजु महर्जनसमेत घाइते भएको प्रहरीको भनाई छ । तर, महर्जनद्वय घैटेको सहयागी नभई गोली चलेको आवाज सुनेपछि घटनास्थलमा पुग्दा प्रहरीले उनीहरुमाथि पनि गोली चलाएको आफन्तको दाबी छ ।

महर्जनद्वय कपुरधारामै व्यवसाय गर्दै आएका दाजुभाई भएको घटनापछि टिचिङ पुगेका कांग्रेस नेता धनराज गुरुङले महर्जनद्वयका आमा सरस्वतीको भनाई उदृत गर्दै संवाददातालाई बताए ।

सरस्वतीका अनुसार सादा पोसाकमा रातो कारमा आएका ५–७ जना प्रहरी बिहानैदेखि घैंटेको घर वरिपरि घुमिरहेका थिए । तर, एकाएक घटना घट्नुको केहि मिनेट पहिले वरिपरिका सबै पसलका सटरहरु बन्द निर्देशन दिँदै गोली चलाइएको त्रिवि शिक्षण अस्पतालको आकष्मिक पक्षमा उपचार गराइरहेका छोराहरुसँगै रहेकी सरस्वतीको  दाबी छ  ।

गुरुङका अनुसार प्रहरीले सुरुमा घैटे घरबाट निस्कनासाथ गोली हानेको र त्यसलगत्तै घैटे ढलेका थिए । उनी ढलिसकेपछि प्रहरीले टाउकोमा थप ३ गोली हानेको उनको दाबी छ । घटनापछि प्रहरी आफैंले घैंटेको हातमा चाइनिज रिभल्वर राखिदिएको पनि प्रत्यक्षदर्शीले आफूलाई बताएको गुरुङले दाबी गरे ।kumar-ghaite-(5)

उनले प्रहरीको बर्दी लगाउँदैमा मनपरी मान्छे मार्न नपाइने भन्दै छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै छानबिन समिति गठन गरि दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

यसैबीच काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भीमसेनदस प्रधानले प्रहरीले मनपरी रुपमा नागरिकको हत्या गरेको भन्दै सत्यतथ्य कुरा बाहिर ल्याइनुपर्नेमा जोड दिए ।

स्रोतका अनुसार केहि पहिलेमात्रै घैंटेले आफूमाथि सुरक्षा खतरा भएपछि कांग्रेस सभासद जगदिश्वर नरसिंह केसीको सल्लाहमा सुरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत थिए ।