शिविरका सुत्केरी तथा गर्भवती महिलाहरु समस्यामा
625 पटक पढिएको
धादिङ–भदौ विस्थापित शिविरमा बस्दै आएका सुत्केरी तथा गर्भवती महिलाहरुलाई खान र बस्नकै समस्या भएका छ । भुकम्पका कारण विस्थापित भई सदरमुकाम आसपासका विभिन्न शिविरहरुमा बस्दै आएका सुत्केरी र गर्भवती महिलाहरुलाई बस्न र खानका लागी राम्रो व्यबस्था हुन नसक्दा उनिहरु समस्यामा परेका छन् । त्रिपालमा बस्नुपर्दा दिउसो अत्यन्त तातो हुने र पानी परेको बेलामा पालमा बस्न नसक्ने उनीहरुले दुखेसो पोखेका छन् । गर्भवती र सुत्केरी भएको बेलामा पौष्टिक खानेकुराहरुको अति आवश्यक पर्ने र त्रिपालमा बासको उचित व्यबस्था हुन नसक्दा यस्तो अवस्था आएको हो । बसाई समेत अव्यबस्थीत भएका कारण गर्भवती र सुत्केरी महिलाहरुलाई स्याहार गर्न समस्या परेको शिविरमा बस्नेहरुले बताएका छन् । विभिन्न गैर सरकारी संस्थाहरुले भुकम्पबाट प्रभावीत बनेका सुत्केरी र गर्भवती महिलाहरुका लागी धेरै कार्यक्रमहरु गर्दै आएको भए पनि धादिङमा भने त्यो प्रभावकारी हुन सकेको छैन । गैर सरकारी संस्थाहरुले आई फोटो खिचेर लग्ने, समस्या के कस्तो छ भनी सोधपुछ गर्ने तर पछि वास्ता नै नगरेको उनीहरुले बताएका छन् । अहिले धादिङका विभिन्न शिविरहरुमा दुई दिनकोदेखी तिन हप्तासम्मका सुत्केरी आमा र बच्चाहरु धादिङका एक सय भन्दा बढीको संख्यामा रहेका छन् । उनिहरुलाई सरकारले केही वास्था नगरेको गुनासो समेत गरेका छन् । धेरै जसो आमाहरु त्रिपालमा नै सुत्केरी भएकोले गर्मिका कारण उनिहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ । सरसफईका लागी आवाश्यक मात्रामा पानी व्यबस्था नभएको र ओछ्याएर बस्ने राम्रो कपडा नभएकोले प्लाष्किमा बस्नु पर्दा चिसोका कारण आफुहरु विरामि भएको बताएकाछन् ।