घैंटे जवाफी फायरीङमा नै मारिएका हुन्: गृहमन्त्री गौतम

633 पटक पढिएको

सम्पादक: Dhading News

bamउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरीको जवाफी फाइरिङमा कुमार श्रेष्ठ ‘घैंटे’ मारिएको बताएका छन्।

शुक्रबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री गौतमले अपराधी पक्रिन गएको प्रहरीमाथि गोली चलेपछि जवाफी फाइरिङ गरेको भन्दै प्रहरीको बचाउ गरे।

संसदमा उनले भने, ‘हिजो ३ गते बिहान कपुरधारामा महानगरिय अपराध महाशाखाबाट अपराधीको खोजी गर्दै कपुरधारमा जाँदा केही व्यक्तिले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा कुमार घैँटे सहित तीन जना घाइते भए। उनीहरुलाई उपचारका लागि अस्पतालमा लगिएको थियो। उपचारका लागि अस्पताल पुर्‍याइएका कुमारको निधन भएको र अरु दुइजनाको खट्टामा गोली लागेपनि उपचारमा छन्।’

घटनास्थलमा पुगेको प्रहरीले अवैध पेस्तोल, गोलीको खोका, गाडी, मोटरसाइकल, स्कूटर मोबाइल फेला पारेको गृमन्त्री गौतमले संसदलाई जानकारी गराए।

 उक्त घटनामा तीन जना प्रहरी जवान पनि घाइते भएको र उनीहरुको उपचार भइरहेको गौतमले बताए।

कुमार घैंटे मारिएको केहीबेरमा बिहीबार शिक्षण अस्पताल पुगेका नेपाली काँग्रेसका सभासद जगदिश नरसिंह केसीले गृहमन्त्री गौतको ठाडो आदेशमा कुमारको हत्या भएको आरोप लगाएका थिए। केसी लगायत नेपाली काँग्रेसका अन्य सभासदले समेत कुमार घैंटे मारिएको घटनाको विरोध गर्दै गृमन्त्रीसँग जवाफ माग गरेपछि सभामुख सुवास नेम्वाङले सा‌ंसदहरुले उठाएको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए।