धादिङबेसीमा आफुखुसि धमाधम घर निमार्ण हुँदै, सम्बन्धीत निकाय मौन

381 पटक पढिएको

सम्पादक: Dhading News

/>धादिङ– भदौ, स्थानीय प्रशासनले भुकम्प पश्चात घर नबनाउन आग्रह गर्दा पनि स्थानीयहरु भने आफु खुसि घर बनाई रहेका छन् । भुकम्प पश्चात सरकारले नयाँ घर बनाउनको लागी नयाँ निति बनाएपनि त्यसको वेवास्ता गर्दै धादिङबेसीमा आफुखुसि घर निमार्ण भईरहेको छ । बैशाख १२ गतेको विनाशकारी भुकम्प पश्चात मात्र धादिङबेसीमा दर्जन भन्दा बढी घरहरु निमार्ण भईरहेका छन् । मनोमानी ढङगबाट घर निमार्ण हुँदा पनी नगरपालीकाले कुनै चासो देखाएको छैन । अव बन्ने नयाँ सँरचनाहरु भुकम्प प्रतिरोधात्मक र बलियो बनाउनु पर्ने भनिएपनि धादिङबेसीमा निमार्ण भईरहेको घरहरु पुरानै शैलीमा बनिरहेको छ । सरकारले भुकम्प प्रतिरोधात्मक संरचना निर्माणको लागी ल्याउने नयाँ नितिलाई वेवास्ता गर्दै धादिङवेशीमा नागरिकहरु भने नयाँ संरचना निर्माणमा लागेका हुन् । मापदण्ड विपरीत घर निमार्ण भईरदा पनी सम्बन्धीत निकाय भने मौन बसेको छ । घर निमार्णको सामाग्रीले नालीनै थुन्ने गरि सामान राख्दा समेत प्रशासनले हटाउन सकेको छैन । पानी पर्दा नालीबाट बग्ने फोहोर पानी सडक सडकै बग्ने गरेको छ । स्थानीय नागरिकले पटक पटक नगरपालीलाई खबर गर्दा समेत नाली व्यावस्थापन र सडकै ढाक्नेगरी राखेको निमार्ण सागाग्री हटाउनको लागी कुनै पहल गर्न सकेको छैन ।