हामी ‘पति-पत्नी’हौं दिपक -दिपा

1004 पटक पढिएको

सम्पादक: Dhading News

 

deepak-and-dipa-married-in-ford-ad-nepal-1

लामो समयदेखि जोडी भएर काम गर्दै आएका महिला र पुरूष कलाकाका सम्बन्धमा प्रश्न गरिनु सामान्य नै हो। उत्तर दिँदा दिँदै अभ्यस्त हुनु नौलो होइन। एक समय रेडियोमा राम विलास र धनियाँ बनेर अभिनय गर्ने दिपकराज गिरी र दिपाश्री निरौलाको जोडी अहिलेसम्म कला क्षेत्रमा निरन्तर छ। दुबैले जहाँ पुगेपनि सामना गर्नैपर्ने प्रश्न नयाँ भने होइन। के तपाईहरू श्रीमान श्रीमती हो? के सम्बन्ध छ?

आफ्नो लगानीको नयाँ फिल्म वडा नम्बर छको प्रमोशनका लागि पोखरा पुगेका उनीहरूले यही प्रश्नको उत्तरमा दीपकले हामी दुई अस्थायी पति पत्नी हौ भनेको खबर आजको कान्तिपुरमा छापिएको छ।