चार दल बैठक सकियो : असन्तुष्टलाई समेट्न अधिकतम पहल गरिने

409 पटक पढिएको

सम्पादक: Dhading News

meetingभाद्र १७, २०७२- प्रमुख दलले असन्तुष्टहरुलाई समेटेर लैजानका लागि अधिकतम पलह गर्ने भएका छन् । चार दलको बिहीबार बसेको बालुवाटारको बैठकले सहमतिका कामय गर्नका लागि के के गर्न सकिन्छ भन्ने बिषयमा आ–आफ्ना तर्फबाट प्रयास गर्ने निर्णय गरेको छ ।
त्यसका लागि सबै दलले आन्तरिक तयारी गरी छलफल अघि बढाउने उनीहरुको निष्कर्ष छ । ‘के के कुरालाई कसरी सम्टेन सकिन्छ भन्नेबारे सबै दलले गहिरो अध्ययन गरी फेरी छलफलमा बस्ने कुरा भएको छ×’ बैठकपछि एमाले उपाध्यक्ष भिम रावलले कान्तिपुरसंग भने ।
आन्दोलनरत दलहरुलाई वार्तामा आउन आह्वान गरिसकिएकाले त्यस अनुसारको वातावरण बनाउन चार दलले पुन: आह्वान पनि गरेका छन् ।