एकै परिवारका चारजना मृत भेटिए

328 पटक पढिएको

सम्पादक: Dhading News

रोल्पा : रोल्पाको राँक गाविसमा एकै परिवारका ४ जना मृत भेटिएका छन् ।

सदरमुकामबाट एक दिन पैदलमा रहेको राँक गाविस–७ स्थित स्यालापाखा जंगलमा आमासहित ३ छोराछोरीको शव स्थानीयबासीले बिहीबार साँझ भेट्टाएका हुन् ।

मृत भेटिएकाहरुमा ३७ वर्षीया पवित्रा राना, १३ वर्षीय प्युमाली राना, १० वर्षीय भीमबहादुर राना र ८ वर्षीय गणेश राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
स्थानीयले चारजनाको शव भेटाएपछि इलाका प्रहरी कार्यालय पाखापानीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

शव भेटिएनजिकै मेटासिटसहितका विषादीका बोत्तल भेटिएकाले उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रारम्भीक अनुमान प्रहरीले गरेको छ । –