बाबुरामलाई कसले वर्षायो इँटा ?

447 पटक पढिएको

सम्पादक: Dhading News

baburamकाठमाण्डु, २० भदौ– एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले यसबेला एमाओवादी पार्टी र त्यसको नेतृत्व अकमण्र्यतामा फसेको खुलासा गरेका छन् । आइतबार फेसबुक स्टाटस् लेख्दै उनले सो खुलासा गरेका छन् । रोमाञ्चक शैलीमा, जेठी भन्छे पानी, कान्छी भन्छे घाम, म एक्लो बुढो कतातिर जाम्, भन्ने नेपाली उखानसग टेवा लिादै वरिष्ठ नेता भट्टराइले भनेका छन्: ‘एकातिर त्यति ठुलो संघर्ष गरेर ल्याएको संविधानसभाबाट संविधान नै नबन्ने र देश पुनस् प्रतिगमनतिर फर्केर प्राप्त उपलब्धी पनि गुम्ने डर, अर्कोतिर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका अधिकार सुनिश्चित नभएको संविधानले देशमा अर्को द्वन्दको वीउ रोप्ने र पूरै देशरसमाज विखण्डन, अशान्ति, अस्थीरताको लामो दुष्चक्रमा फस्ने डर’ भट्टाईले यो अवस्थामा आफ्नो पार्टीले लिएको सन्तुलनको बाटोलाई धेरैले दोधारेको संज्ञा दिएको समेत बताएका छन् ।

उनले भनेका छन्: ‘यो जटील स्थितमा हामीले न्यूनतम साझा विन्दू पहिल्याएर तत्काल संविधान जारी गर्ने र अन्य कुरा निम्ति दवावरसंघर्ष जारी राख्ने जुन नीति लिएकाछौं त्यसलाई दोधारे भनेर दुवै पक्षले आरोप लगाएको पाइएकोछ’ उनले आफुमाथि व्यक्तिगत रुपमा समेत चौतर्फी प्रहार भैरहेको खुलासा गरेका छन् । उनले भनेका छन, ‘विशेषत: ममाथि पछिल्ला दिनमा कुनै वृत्तबाट नियोजित अभियानै चलाइएको पनि देखिएकोछ, यसलाई मैले एउटा राजनीतिक र सामाजिक अभियन्ताले स्वाभाविक रुपमा पाउने पुष्पगुच्छा र इँटावर्षाको पुरस्कार सम्झेको छु ’
वरिष्ठ नेता भट्टराइले सरकारमा रहेका दलहरुलाई पनि दम्भ त्याग्न आग्रह गरेका छन् । उनले सरकारको नेतृत्वमा रहेका दलहरुले आन्दोलनकारी शक्तिहरुसाग वार्ताका माध्यामबाट समस्याको राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘संविधानसभाबाट संविधान जारी गर्ने जस्तो युगान्तकारी काम कर्फ्यु र सुरक्षाकर्मीको घेराभित्रबाट गर्नु शोभनीय र उपयुक्त हुादैन’ । त्यसका लागि सरकारले तत्काल तनाव शिथिलीकरणको पहल गर्न उनले आग्रह गरेका छन् ।