गोदावरीबाट फर्केको बस धादिङको जीवनपुरमा दुर्घटना, २ जनाको मृत्यु
1171 पटक पढिएको

धादिङ–लागेको १२ बर्षे मेला भरेर फर्किएको बस धादिङको जीवनपुरमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
गोदावरीमा आएका तीर्थालुले खचाखच बस धादिङको जीवनपुर–५ चिउरीमोडमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । जसमध्ये सात जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि धादिङको खानीखोला र काठमाडौंबाट उद्धारका लागि प्रहरी टोली परिचालि भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । -f