धादिङ जीवनपुरको च्युरीमोडमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

462 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ – ललितपुरको बाह्रबर्से गोदावरी मेला भरेर फर्किएका तीर्थालु चढेको बस हिजो साँझ धादिङको जीनवपुर गाविस–५ च्यूरीमोडमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जीवनपुरबाट रिर्जभ गएको ना २ ख २३२१   बस फर्कीदा सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परी जीवनपुर गाउँ विकास समिति वडा नम्बर ५ का १९ बर्षिय रञ्जिता ढुङगाना, १५ बर्षका अन्जु तामाङ, ५० बर्षिय कान्छी रेग्मी, २१ बर्षिय प्रताप तिमल्सीना,५५ बर्षिय ठुली तामाङ, ४० बर्षिय प्रमिला ढुङगानाको मृत्यु भएको हो । तीन जनाको घट्ना स्थलमा र अन्य तीन जनाको उपचारको क्रममा विभिन्न अस्पतामा मृत्यु भएको हो ।