मानबवेविखन रोक्नको लागि धादिङमा विषेश योजना ल्याईने

482 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–भदौ २४, धादिङबाट हुने मानबबेचिविखन रोक्नको लागि धादिङ प्रहरीले विषेश योजना ल्याएको प्रहरी नायव उपरीक्षक सबिन प्रधानले बताउनु भएको छ । मानव बेचविखन हुने जिल्ला मध्ये धादिङ २६ औँँँँँँँ स्थानमा रहेको भन्दै प्रधानले न्युनीकरणको लागि सबैसँग मिलेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । सम्भावित स्थानहरुमा विषेश निगरानी बढाईने समेत बताउनु भयो । विपत्तिको मौका छोपेर दलालीहरुले वैदेशीक रोजागारीमा पठाईदिने भन्दै सोझा महिलाहरुलाई झुक्याएर भारतको यौन बजारमा बेच्ने गरेको पाईएको छ । श्रम, रोजगार, अध्ययन, स्वास्थ्य उपचार, विवाह लगायत विभिन्न वहानामा नेपालीहरु बेचिने गरेका छन् । धादिङकै दृष्टिकोणमा हेर्ने हो भने पनि वैदेशिक रोजगारका नाममा फसेका पुरुष तथा धन कमाऊन र ऐस आरामको लोभमा विदेशी भुमिमा नर्ग को जिवन विताऊन बाध्य व्यक्तिहरु धेरै रहेका छन् ।सरकारी तथा गैर सरकारी निकायहरुले मानव वेचविखन न्युनिकरणका लागी विभिन्न पहलहरु चालिरहेका छन् । तर पनि समस्या भने जस्ताको तस्तै रहेको छ ।