सशस्त्रको गोलीबाट १३ वर्षीय बालक मारिए

361 पटक पढिएको

सम्पादक: Dhading News

जनकपुरधाम : जनकपुरमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घरैमा खेलिरहेका एक १३ वर्षीय बालकको ज्यान गएको छ ।

जनकपुर नगरमा जारी निषेधाज्ञा मधेसी मोर्चाका गाउँ गाउँबाट आएका कार्यकर्ताले तोड्ने प्रयास गरेपछि गस्तीमा निस्केको सशस्त्र प्रहरीको टोलीले भ्यानबाटै गोली हान्दा १३ वर्षीय बालक दिलिप यादवको ज्यान गएको हो ।

जनकपुर नगरस्थित लसिनुरजोडाको घरै अगाडि खेलिरहेका दिलिपलाई सशस्त्रको टोलीले भ्यानबाटै गोली हान्दा उनको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसअघि प्रहरीको गोली लागेर जमुनिया निवासी १८ वर्षीया निक्कु यादव र महेन्द्रनगर निवासी सञ्जय चौधरीको मृत्यु भएको थियो ।

प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन सयौं राउन्ड फायर गर्दा गोली लागी दुई १५ जना बढी घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनालाई काठमाडौं ल्याउने प्रयास असफल भएको छ । उनीहरुको जनकपुरमै उपचार भइरहेको छ