यसवर्ष पृथ्वी १५ दिन पूरै अध्यारोमा डुब्ने वैज्ञानिकहरुको चेतावनी !

405 पटक पढिएको

सम्पादक: Dhading News

earth-650x406 पृथ्वीमा बस्ने मानिसहरुका लागि अन्तरिक्षसँग जोडिएको एउटा आश्चर्यजनक खबर सार्वजनिक भएको छ ।

अंग्रेजी वेवसाइट (NewsWatch 33)ले नासालाई जानकारी दिँदै एक रिपोर्टमा भनेको छ कि ‘पृथ्वीमा १५ नोभेम्बरदेखि २९ नोभेम्बर सम्म दिनरात पुरै अध्यारो हुनेछ ।’

संसारभरी आगोको रफ्तारमा फैलिरहेको यो खबर अनुसार अध्यारो हुने समयलाई एस्टानोमिकल ईयर वा नोभेम्बर ब्लैक आउटको नाम दिइएको छ । यस्तो हुने बेला त्यो क्रममा पूरै पृथ्वी अध्यारोमा डुब्ने छ । पृथ्वीका मानिसहरुका लागि यो पहिलोपटक हुन लागेको समाचारमा जनाइएको छ । रिपोर्टमा यो घटना १ लाख वर्षपछि हुँदैछ र यो ब्लैक आउट बृहस्पति र शुक्र ग्रहबीच एक खगोलीय घटनाका कारण हुन लागेको हो ।

अर्थ ब्लैक(अध्यारो पृथ्वी) आइतबार, नोभेम्बर १५ गते विहान ३ बजेदेखि शुरू हुनेछ । र सोमवार, नोभेम्बर ३० गते साँझ ४ बजेर १५ मिनेटसम्म यस्तो अवस्था रहनेछ । वैज्ञानिकहरुले बृहस्पति र शुक्र ग्रहबीच खगोलीय घटना भएपनि पृथ्वीमा कुनै प्रलय नहुने बताएका छन् । अनुसन्धानपछि मात्रै थप कुरा पत्ता लाग्ने समेत उनीहरुले बताएका छन् ।

यद्यपी यो सम्भावित घटनामा नासाले गहिरो अनुसन्धान सुरु गरेको छ । तर, कुनै पुष्ठी भने गरेको छैन् ।