सिडसको सामाजिक लेखाजोखा तथा साधारण सभा सम्पन्न

688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेववेशी – चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाजको चौंथो सामाजिक लेखाजोखा तथा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
???????????????????????????????भदौ २६ गते शनिवार थाक्रे गाविस वडा नम्बर ३, महादेववेशीमा सम्पन्न भएको साधारण सभाले सभ्य र समृद्ध समाज निर्माण गर्ने परिकल्पनालाई पुरा गर्ने अठोट लिएको छ ।
संस्थासंग सरोकार राख्ने सरोकारवाला तथा लक्षित समुदायका प्रतिनिधिहरुको समेत सहभागितामा सम्पन्न कार्यक्रममा संस्थाले गरेको कामको प्रभाव, सकारात्मक उपलव्धिका साथै समिक्षा र सुधारका उपायहरुको गहन समिक्षा गरिएको थियो । साथै आगामी दिनमा अपनाउनुपर्ने रणनीति र सिड्सले समुदायमा खेल्नुपर्ने भूमिकाका बारेमा समेत लेखाजोखा गरिएको थियो ।
कार्यक्रममा संस्थासंग साझेदार गर्ने साझेदार संस्थाहरु यु.यम.यन, धादिङ, संस्थागत विकास सञ्जाल, उन्नती काठमाण्डौ, एएआर जापान, हेल्भेटास, स्विस को अपरेसन, फियान नेपाल लगाएत तथा भुकम्प पश्चातको सहयोग गर्ने नेपाल ट्रिपर तथा ट्रक व्यवसायी संघ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको आ.व २०७१÷०७२ को दुइ करोड सत्र लाख बराबरको आयव्यय संस्थाको कोषाध्यक्ष सुभद्रा थापाले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले सञ्चालन गरिरहेको विभिन्न परियोजना एवम प्रगती विवरण संस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती एवं विभिन्न कार्यक्रमहरु, साथ साथ परियोजनाका बारेमा रस्मि सेढाँइ तथा सुरक्षित वैदेशिक रोजगारी तथा आप्रवासन परियोजना का बारेमा परियोजना संयोजक गंगा सुवेदीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा युयमयन धादिङका कल्पना भट्टराई, सामी परियोजनाका कमल रोकाय, सञ्जालका बाल्मिकी आहुजी, फियान नेपालका कार्यक्रम संयोजक यूवराज कोइरालाले शुभकामना मन्तव्य दिनुभएको थियो । संस्थाले हाल सुरक्षित आप्रवासन, सामी परियोजना, साथ साथ परियोजना, सामुदायिक स्वास्थ्य अभिमुखिकरण कार्यक्रम, स्थानिय अगुवाईमा गरिबी निवारण कार्यक्रम, ग्रामिण शिक्षा कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, अस्थाई सिकाई केन्द्र निर्माण, भुकम्प पिडित लक्षित कार्यक्रम, नेपाल स्कुल अफ शान्ति कार्यक्रम, समुदायमा आधारित एच आइ भि र एड्स सचेतना परियोजना, स्वास्थ्य शिक्षा अभिमुखिकरण कार्यक्रम, आकस्मिक पोषण स्वाथ्य सुधार कायक्रम, कृषि विउ विजन वितरण कार्यक्रम , विभिन्न शिप मुलक तालिम कार्यक्रम तथा सामुदायिक सिकाई केन्द्र सञ्चालन जस्ता कार्यक्रम एवं गतिविधि सञ्चालन गरिएको कुरा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।