तपाईँको फेसबुक ह्याक भयो ? यसो गर्नुस्

337 पटक पढिएको

सम्पादक: Dhading News

तपाइँको फेसबुक एकाउन्ट ह्याक भएको छ। त्यसो हो भने तपाईँले धेरै चिन्ता लिनुपर्ने छैन् । ह्याक भएको फेसबुक एकाउन्ट पूरानै अवस्थामा फर्काउन ५ कामको गरे पुग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । जुन काम गरे ह्याक भएको फेसबुक एकाउन्टको पासवर्ड तपाइँको पक्षमा आउँछ ।

सबैभन्दा पहिले तपाई https://www.facebook.com/hacked मा जानुहोस । त्यहाँ तपाईले “Your account has been Compromised” देख्न सक्नुहुनेछ । त्यहाँ तपाइँको नाम, इमेल र एकाउन्टसँग सम्बन्धित मोबाइल नम्बर उल्लेख गर्नुहोस् ।

पेज खुल्ने वित्तिकै त्यहाँ पूरानो पासवार्ड टाइप गर्नुहोस् । अनि रिसेट पासवर्डमा विकल्प चुन्नुहोस् । तपार्इँले त्यहाँ No longer have access to these?” देख्न सक्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस, इमेल आइडी लेख्नुहोस, र पासवर्ड रिसेट गर्नुहोस् । यसो गरेको २४ घन्टाभित्र तपाईँलाई फेसबुकको पासवर्ड मिल्छ ।