नयाँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा

326 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं : नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।

संविधानसभाले तीन विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।

असोज ३ र ४ गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ।

निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले तीन दिन विदा दिन लागेको हो।