ठाकुर निवासमा मधेशी दलहरुको गोप्य बैठक

693 पटक पढिएको

३० भाद्र २०७२, बुधबार २०:११ सम्पादक: धादिङ न्यूज

thakurभदौ-तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच बुधबार भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ ।

संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घण्टा लामो छलफल भएको हो ।

संविधान जारी हुने नै भएपछि तराईको आन्दोलनलाई अझै अघि बढाउने वा वार्तामा जाने भन्नेबारेमा छलफल गर्न बैठक बसेको ठाकुर निवास स्रोतले जानकारी दिएको छ ।

बैठक मध्याह्न १स्२० देखि अपराह्न ४स्३० बजेसम्म जारी रहेको थियो । बैठकमा तमलोपाका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत हृदयेश त्रिपाठी, रामनरेश यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, मनिष सुमनको सहभागिता रहेको बताइएको छ ।