कोसोक नेपालको अधिवेशन सम्पन्न ,अध्यक्षमा रमेश अधिकारी

446 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,असोज २ -परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालको पाँचौ अधिवेशनले रमेश अधिकारकिो अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमितिको चार वर्षका लागि निर्वाचित गरेको छ । अधिकारी कोसोक नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

COSOC Teamधादिङबेसी स्थित सहयात्री एड्भोकेसी सेन्टरमा शनिवार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा सीताराम अधिकारी, महासचिवमा गोबिन्द बुढाथोकी, सचिवमा राममणि थपलिया, कोषाध्यक्षमा शुशिला श्रेष्ठ र सदस्यहरुमा मानबहादुर श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, कृष्ण वि.क., तारामायाँ लामा र केदार पौडेललाई सर्वसम्मतबाट चयन गरेको छ ।
अधिबेशन अघि सम्पन्न भएको संस्थाको १० औँ साधारणसभाले उर्जाविकास, प्रकोप व्यवस्थापन, खानेपानी तथा सरसफाइ, सामुदायिक स्वास्थ्य कार्यक्रम, अस्थाइ आवास कार्यक्रम, गरिवी निवारण कार्यक्रम, सडक सुरक्षा कार्यक्रम, आपतकालिन स्वास्थ्य राहत कार्यक्रम, संचालन गरिरहेको विषयमा छलफल गरि प्रगति प्रतिवेदनहरु पारित गरेको छ । रमेश अधिकारकिो अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा संस्थाका महासचिव कृष्ण अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभउको थियो ।
कोसोक नेपालले राजमार्ग क्षेत्रका १४ गाविस, रि, सत्यदेवी, मार्पाक, बसेरी, फूलखर्क, मूलपानी, मैदी, त्रिपुरेश्वर कल्लेरी, छत्रेदेउराली, जीवनपुर, महादेवस्थान, गाविसमा कार्यक्रम संचालन गरिरहेको छ ।
कोसोक नेपालले कार्यक्रमलाई दिगोपना, नतिजनमूखी, सिर्जनसिल कार्यक्रम संचालन गर्ने संस्थाका उपाध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो ।